Successfully Copied

नेतृत्वमा अब्बल सरिता

कतिपय पुरुष सहकर्मीहरू मैले काम लगाउँदा महिलाले पनि हामीलाई काम अह्राउने भनेर रिसाउँछन् । महिला यो ठाउँमा आउनै सक्दैनन् भन्ने मानसिकता छ । कतिपय हामी महिला स्वयंमा पनि यो मेरो ठाउँ नै होइन भन्ने कुरा दिमागमा गढेर बसेको छ । अब यो परिवर्तन हुनु जरुरी छ ।’

बैंक अफ काठमाडौंको आकर्षक जागिर छाडेर आफ्नै काम गर्नुपर्छ, त्यसमा पनि महिलालाई रोजगारी दिनुपर्छ भन्ने हेतुले सरिता खड्काले ‘हब इन्टरनेसनल’को सिइओको कार्यभार सम्हाल्न थालिन् । उनले यो पद सम्हालेको पाँचवर्ष पुगिसकेको छ । उनी भन्छिन्, ‘निर्णायक तहमा बसेर काम गर्न महिलालाई सहज छैन । कतिपय पुरुष सहकर्मीहरू मैले काम लगाउँदा महिलाले पनि हामीलाई काम अह्राउने भनेर रिसाउँछन् । महिला यो ठाउँमा आउनै सक्दैनन् भन्ने मानसिकता छ । कतिपय हामी महिला स्वयंमा पनि यो मेरो ठाउँ नै होइन भन्ने कुरा दिमागमा गढेर बसेको छ । अब यो परिवर्तन हुनु जरुरी छ ।’ एमबीए गरेकी सरिता दुई छोरीकी आमा हुन् । उनी स्वयं पनि आठ कक्षा पढ्दादेखि नै पुरुषले चलाउने हेभी बाइक हाँकेर हिँड्थिन् । त्यो छाप उनको जीवनमा पर्‍यो । त्यसैले आज छोरीलाई पनि सोही ढंगले हुर्काइरहेको उनी बताउँछिन् । शिक्षासम्बन्धी काम गर्ने उनको संस्थामा ७५ प्रतिशत महिला कर्मचारी छन् । महिला स्वरोजगार भए मात्रै सशक्त हुनसक्छन् भन्ने सरिताको बुझाइका कारण आज उनको पहिलो प्राथमिकतामा महिला नै पर्छन् । ‘नेपालको शिक्षा नराम्रो होइन, थप व्यावहारिक बनाउन जरुरी देखिन्छ । यहाँको राजनीतिक अस्थिरता, रोजगारीको कम अवसर र गुणस्तरका कारण हाम्रा युवा विदेश जान खोज्छन्’ सरिताले भनिन्, ‘म ती युवालाई सकेसम्म आफ्नै देशमा पढ्न सुझाउँछु, केही सीप नलागे नजिकको गन्तव्य भारतमा पनि राम्रो शिक्षा छ भनेर सल्लाह दिन्छु । त्यसमा पनि सहमत नभए पढ्न गएपनि ज्ञान र सीप लिएर नेपाल फर्किन आग्रह गर्छु यसो गर्दा हाम्रो दक्ष जनशक्ति बाहिर पलायन हुने क्रम थोरै भए पनि घट्छ । हामी महिलाले उनीहरूलाई आमाजस्तै गरी गाइड गर्न सक्ने भएकाले उनीहरू कन्भिन्स पनि हुन्छन् । पढ्न जाने बहानामा उतै बस्ने मानसिकतामा थोरै भएपनि परिवर्तन आउँछ ।’
 

 Image