‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाहरूले डोल्पाको विकट फुक्सुन्डो क्षेत्रको पदयात्रा गर्ने भएका छन् । जलवायु परिवर्तनले महिलाको जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिला उक्त पदयात्रामा सहभागी हुने भएका छन् । पदयात्रा आगामी अक्टुबरमा हुने भएको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘साथसाथै फाउन्डेसन’ले ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ को नारासहित कालापत्थरमा महिला दिवस मनाएको थियो । उक्त टोलीमा विभिन्न क्षेत्र का ४० महिला सहभागी थिए । सोही संस्थाको आयोजनामा गत महिना काठमाडौंमा सम्पन्न कार्यक्रममा फुक्सुन्डो क्षेत्रको पदयात्रा गर्ने घोषणा गरिएको थियो ।