‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् । 
                             
                             
               
              सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाहरूले डोल्पाको विकट फुक्सुन्डो क्षेत्रको पदयात्रा गर्ने भएका छन् । जलवायु परिवर्तनले महिलाको जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिला उक्त पदयात्रामा सहभागी हुने भएका छन् । पदयात्रा आगामी अक्टुबरमा हुने भएको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘साथसाथै फाउन्डेसन’ले ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ को नारासहित कालापत्थरमा महिला दिवस मनाएको थियो । उक्त टोलीमा विभिन्न क्षेत्र का ४० महिला सहभागी थिए । सोही संस्थाको आयोजनामा गत महिना काठमाडौंमा सम्पन्न कार्यक्रममा फुक्सुन्डो क्षेत्रको पदयात्रा गर्ने घोषणा गरिएको थियो ।