Successfully Copied

२०७९ साल असार महिनाको राशिफल

मेष पारिवारिक वातावरण सुखमय रहनेछ । तनाव हट्न जाँदा मनमा उत्साह र शरीरमा जाँगर बढ्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कुनै माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । कतैबाट कुनै कुराले रोकिएको धनमाल फिर्ता हुनेछ ।

मेष

पारिवारिक वातावरण सुखमय रहनेछ । तनाव हट्न जाँदा मनमा उत्साह र शरीरमा जाँगर बढ्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कुनै माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । कतैबाट कुनै कुराले रोकिएको धनमाल फिर्ता हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । व्यवसाय र सेयर बजारबाट पनि आर्थिक सन्तुलन कायमै रहनेछ । अपेक्षित माया, सद्भाव र सहयोग मिल्दा दाम्पत्य जीवन सुखमय रहनेछ । पारिवारिक खुसीका निमित्त केही खर्च हुनेछ । सबै कार्य योजनानुसार सुनियोजित ढंगले गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

वृष

फुर्सदिलो महिना छ । आफ्नो व्यक्तिगत कार्य र चाहनालाई पूरा गर्ने अवसर मिल्नेछ । मनमा कुनै किसिमको चिन्ता भए पनि आफू अनुकूल काम गर्न पाउँदा सन्तोष प्राप्त हुनेछ । सानातिना कुराले काममा अवरोध खडा हुन सक्छ । कुनै कार्य आफ्ना लागि बहुउपयोगी हो, त्यो बुझी कार्य गरेमा र सक्रिय भएमा सबै सहज हुँदै जानेछन् । केही गरी मनमा तनाव भैहालेपनि आफ्नो रुचिको कार्यमा एकछिन समय दिन सके तरोताजा अनुभव गर्न सकिनेछ । जोडीबाट अपेक्षित माया र सद्भाव मिल्दा दाम्पत्य जीवन सुखमय रहनेछ ।

मिथुन

योजनानुसार सबै कार्य सम्पन्न हुँदै जानेछन् । विभिन्न कामको सिलसिलामा यात्रा गर्नुपर्नेछ । कुनै कुराले मन चञ्चल हुनसक्छ । धैर्य, शान्त र सकारात्मक हुनसके सबै काम सहज हुनेछन् । थोरै समयमा धेरै काम भ्याउनुपर्ने हुँदा अत्यावश्यक र महत्वपूर्ण कार्यमा बढी प्राथमिकता दिनुपर्ने बेला छ । मुटु, रक्तचाप एवं पेटका बिरामीहरूले आफ्नो स्वास्थ्य, खानपान र व्यायाममा विशेष ध्यान दिनुहोला । सहयोगी हातहरू पछि हट्नसक्ने हुँदा धैर्यपूर्वक काम गर्नु राम्रो हुनेछ । अनावश्यक खर्चबाट जोगिन घुमघाम र किनमेल गर्दा सजग रहनुपर्नेछ । जोडीबाट हरेक कार्यमा सहयोग मिल्नेछ ।

कर्कट

प्रायः सबै कुरा इच्छाबमोजिम सम्पन्न हुनेछन् । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनेछ । दाम्पत्य जीवनमा पनि कुनै कुराको मतभेद हुनसक्छ । आ–आफ्नो कुरा खुलस्त रूपमा प्रकट गर्न सके दाम्पत्य जीवनमा मधुरता छाउनेछ । महिनाको पूवाद्र्ध व्यावसायिक क्षेत्रकानिम्ति राम्रो साबित हुनेछ । घरका कुनै सामग्रीमा हेरफेर हुनसक्छ । कहिलेकाहीँ काम गर्दा झर्को लाग्नसक्छ । सकेसम्म आफ्नो खुसीका निमित्त केही समय छुट्याउनुहोला । अनावश्यक झमेलाबाट टाढै रहनसके मन तनावरहित हुनेछ ।

सिंह

मनमा उत्साह बढ्नुका साथै काम गर्ने जाँगर बढ्नेछ । पारिवारिक वातावरण सुखमय हुनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनेछ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । सबैबाट तपाईंको मान एवं इच्छाको ख्याल गरी काम गर्ने प्रयास हुनेछ । धार्मिक कार्यमा आस्था बढ्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । आफ्नो इच्छानुसार सबै कार्य पूरा हुँदै जानेछन् । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । कतै घुमघाम गर्न जाने मौका मिल्नेछ । काम गर्दा अपजस आउन सक्ने भएकाले बोली एवं व्यवहारमा भने सतर्कता अपनाउनुपर्नेछ । सकेसम्म कम बोल्ने र नबोली नहुने कुरामा पनि राम्ररी विचार गरेमा विवाद हुनबाट बच्न सकिन्छ ।

कन्या

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । काम गर्ने उत्साह र जाँगर बढ्न जाँदा शरीर पनि स्वस्थ रहनेछ । व्यक्तिगत कार्यका लागि निकै खट्नुपर्नेछ । धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । कसैकसैको प्रेम सम्बन्धले यो महिनामा विवाहको मूर्तरूप लिनेछ । विभिन्न कुराको लाभ हुनेछ । आफन्त एवं स्वजनहरूसित रमाइलो भेटघाट हुनेछ । झिनामसिना कुराले बेलाबेलामा अल्झाए पनि कामप्रतिको लगाव र निष्ठाले गर्दा सबै काम सहजरूपले पूरा हुँदै जानेछन् । शैक्षिक, साहित्यिक एवं सामाजिक कार्यमा संलग्न भएकाहरूलाई विशेष लाभ हुनेछ ।

तुला

खर्चिलो महिना छ । किनमेलको काममा विशेष ख्याल गर्नुपर्नेछ ।हरेक काममा सफलता मिल्दै जानेछ । परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने मौका मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । पराक्रम मात्र होइन उत्साह र जाँगर पनि बढ्दै जानेछ । काममा सबैले आ–आफ्नो तर्पmबाट सक्दो सहयोग गर्नेछन् । काम गर्दा सानातिना समस्या आउन सक्ने भएकाले सकेसम्म सबै कुरा सुनियोजित ढंगले गर्नुपर्नेछ । परिवारका सबै सदस्यले मिलेर काम गर्दा काममा निकै सहज हुनेछ । तनाव हट्न जाँदा मनमा प्रसन्नता छाउनेछ ।

वृश्चिक

कतिपय कुराले गर्दा तपाईंको मनमा भ्रम पैदा हुनसक्छ । कुनै निर्णय गर्नुपूर्व धेरै दोधार हुनसक्छ । धैर्य र शान्तचित्त हँुद काम गर्दा सबै कुरा सहज हुँदै जानेछन् । महिनाको उत्तराद्र्धमा तपाईं सबैका सामु उत्साहका साथ प्रस्तुत हुनुहुनेछ । काम गर्ने पराक्रम बढ्न जाँदा शरीर पनि स्वस्थ रहनेछ । विभिन्न व्यक्तित्वसँग भेटघाट गर्ने अवसर मिल्नेछ । नयाँ साथीसँग मित्रता गाँस्ने अवसर मिल्नेछ । कतैबाट अनपेक्षित रूपले आकस्मिक लाभ हुनेछ । चित्त नबुझेको कुरा खुलस्त रूपले भत्र सके सम्भावित विवाद टर्नसक्छ ।

धनु

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । योजनानुसार सबै कुरा पूरा हुँदै जानेछन् । शुभ कार्यमा सहभागी हुने मौका मिल्नेछ । कुनै कामविशेषले गर्दा कतैको यात्रा हुनसक्छ । आफ्नो कर्मक्षेत्रमा पनि प्रगति हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सहभागी हुने अवसर जुट्नेछ । शिक्षा, न्याय, साहित्य, सामाजिक आदि कार्यमा संलग्न व्यक्तित्वहरूलाई सफलता मिल्नेछ । आर्थिक पक्ष सबल रहनुका साथै व्यापारिक क्षेत्र पनि सुदृढ रहनेछ । मनमा कुनै नवीन कार्य गर्ने योजना बन्नसक्छ । शत्रुहरू आफै तर्किदै जानेछन् । दाम्पत्य जीवनमा पनि राम्रो समझदारी कायम रहनेछ ।

मकर

विशेष कार्यमा सफलता मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । सबै समस्याको समाधान हुनेछ । योजनानुसार काममा सफलता मिल्दै जानेछ । वैवाहिक कार्यक्रममा सहभागी हुनेमौका मिल्नेछ । कसै–कसैको भने यो महिनामा आफ्नै लगनगाँठो जोडिनेछ । आर्थिक पक्ष सबल हुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफल भइनेछ । नयाँ एवं पुराना साथीसित भेटघाट गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवनमा प्रगाढता छाउनुका साथै अपेक्षित समझदारी कायम रहनेछ ।

कुम्भ

सन्तानप्रतिको जिम्मेवारी बढ्नेछ । परिवारमा कुनै कुरालाई लिएर छलफल हुनसक्छ । कुनै–कुनै कुराले मनमा के गरौं, कसो गरौं भन्ने भावना आउनसक्छ । सकेसम्म धैर्य र शान्त भई समस्याको समाधान गर्ने प्रयास गर्नुपर्नेछ । स–साना कुरामा पनि आफै खट्नुपर्दा धपेडी हुनसक्छ । केही समय आफ्नो खुसी, स्वास्थ्य र व्यायामका लागि छुट्याउनुहोला । आत्मीय जन एवं साथीहरूसित भेट्ने मौका मिल्नेछ । परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने राम्रो प्रबन्ध हुनेछ । सबै काम सम्पन्न गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

मीन

कामविशेषले टाढा भएका स्वजन एवं साथीहरूसित भेट्ने अवसर मिल्नेछ । घरमा पारिवारिक जमघट हुनेछ । कुनै कामविशेषले कतै घुमघाम हुनसक्छ । प्रायः सबै कुरा आफ्नै इच्छानुसार गर्न पाउँदा खुसी बढ्नेछ । आर्थिक लाभ हुनेछ । कतैबाट आकस्मिक उपहार मिल्नसक्छ । कसैकसैलाई आफ्नो कार्यको उचित कदरस्वरूप सम्मानित–अभिनन्दित हुने मौका मिल्नेछ । व्यावहारिक कार्य गर्दा भने सजग रहनुपर्ने बेला छ । एक–अर्काको भित्री इच्छा बुझी तदनुरूप कार्य गर्न सकेमा दाम्पत्य जीवनमा सम्भावित विवाद टर्नसक्छ ।

 Image