Successfully Copied

जीवनसाथी खोजिदिने एप सार्वजनिक

के तपाई बिहे गर्ने जोडी खोज्दै हुनुहुन्छ ? तपाईं विवाह गर्ने सोचमा हुनुहुन्छ भने ‘बिहे नेपाल’ एप उपयोगी हुन सक्दछ । राव सफ्टवेयरले यो एप सार्वजनिक गरेसँगै अविवाहितका लागि सहज हुने भएको छ ।

के तपाई बिहे गर्ने जोडी  खोज्दै हुनुहुन्छ ? तपाईं विवाह गर्ने सोचमा हुनुहुन्छ भने ‘बिहे नेपाल’ एप उपयोगी हुन सक्दछ । राव सफ्टवेयरले यो एप सार्वजनिक गरेसँगै अविवाहितका लागि सहज हुने भएको छ  । सन् २०२१ को नोभेम्बरमा अनौपचारिक रुपमा सुरुवात गरिएको यो एपलाई बिहीबार दरबारमार्गमा औपचारिक रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरियो । यो एपले समाजमा विवाह र दीर्घकालिन सम्बन्ध चाहनेहरुका लागि एकै ठाउ“मा ल्याउन सहयोग गर्ने संस्थापक श्रद्धा कटुवालले बताइन् । उनका अनुसार आफ्नो इच्छा अनुसार जीवनसाथी खोज्न सहज बनाउनका लागि यो एप सञ्चालनमा ल्याइएको हो ।

कसरी प्रयोग गर्ने  ?

यो एप आइफोन र एन्ड्रोइड दुवै फोनबाट सञ्चालन गर्न सकिनेछ । प्लेस्टोरमा गएर यो एप डाउनलोड पश्चात व्यक्तिले आफ्नो प्रोफाइल बनाउनु पर्ने हुन्छ । प्रयोगकर्ताले आफ्नो वास्तविकता खुलाउनका लागि नागरिकता वा ड्राइभिङ लाइसेन्स पेश गर्नुपर्ने हुन्छ । एपमा प्रमाणित र वास्तविक प्रयोगकर्ता प्रमाणित भए हरियो चिन्हले संकेत गर्दछ । त्यसपश्चात सम्भावित जोडीबारे उल्लेख गर्नुपर्दछ । आफूले चाहेको पार्टनरको विषयमा उल्लेख गर्नुपर्छ । त्यसपश्चात भने प्रयोगकर्ताहरु एकअर्कामा कुराकानी गर्न सक्नेछन् । सर्वसाधारणका लागि रजिष्ट्रेशन फि निःशुल्क गरिएको छ भने भिआइपी क्लबमा सदस्यताका लागि ४९ हजार तिर्नुपर्ने हुन्छ ।

 Image