मिस्टर नेपाल बने सन्तोष
झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ बनेका छन् । उनले आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको तर्फबाट सहभागी हुनेछन् । 
                             
                             
               
              काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा फागुन दोस्रो साता सम्पन्न ‘नेपाल्स नेक्स्ट सुपर मोडल सिजन फाइभ’ को उपाधि झरना रेग्मीले जितेकी छन् । प्रतियोगितामा उनले ‘वेस्ट बडी’ को उपाधि पनि हात पारिन् । प्रतियोगितामा बिनी खड्गीले ‘फस्ट रनर्स अप’ उपाधि हात पारिन् भने ‘बेस्ट वाक’ र ‘अर्गनाइजर च्वाइस अवार्ड’ सहित पालिजा मानन्धरले ‘सेकेन्ड रनर्स अप’ उपाधि जितिन् । यसैगरी प्रतियोगितामा विकृति भट्टराई ‘मल्टिमिडिया’, तथा साइका भट्टराई ‘फोटोजेनिक’ र ‘पर्सनालिटी’ अवार्डतर्फ विजेता चयन भएका थिए । ‘आर एन्ड आर’ ग्रुपका लागि मञ्जु श्रेष्ठले आयोजना गरेको उक्त प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य थिए । प्रतियोगितामा आईआईएफटी अटायर पार्टनर रहेको थियो भने ब्युटी गार्डेन ग्रुमिङ पार्टनर तथा पम्फाजु कुटर थिम पार्टनरका रूपमा रहेको थियो ।
 प्रतियोगिता परिचयात्मक चरण, स्टाइलिस राउन्ड, रेड कार्पेट राउन्ड, ककटेल वेयर तथा टप सिक्स फाइनलिस्ट चयन हुँदै विजेता छनोट भएपछि टुंगिएको थियो ।
प्रतियोगिता परिचयात्मक चरण, स्टाइलिस राउन्ड, रेड कार्पेट राउन्ड, ककटेल वेयर तथा टप सिक्स फाइनलिस्ट चयन हुँदै विजेता छनोट भएपछि टुंगिएको थियो ।
तस्बिर : महेश प्रधान