Successfully Copied

मन्चिन शाक्य, मोडल

अहिले केमा व्यस्त हुनुहुन्छ ? नयाँ प्रोजेक्टमा काम गरिरहेको छु । यसको खुलासा चाहिँ नगरौं होला ?

अहिले केमा व्यस्त हुनुहुन्छ ?

नयाँ प्रोजेक्टमा काम गरिरहेको छु । यसको खुलासा चाहिँ नगरौं होला ?

मोडलिङ कहिलेदेखि सुरु गर्नुभयो ?

सन् २००० देखि नै मोडलिङ सुरु गरेको हुँ । मेरो डेब्यु म्युजिक भिडियो योगेश्वर अमात्यको थियो । त्यसबाहेक अन्य तीन म्युजिक भिडियोमा अभिनय गरें । म्युजिक भिडियोमा भन्दा पनि म व्यापारमै व्यस्त छु । 

व्यापारमा केमा हुनुहुन्छ ?

पहिले मलमा थिएँ । राइजिङ मल र सीटीसी मलमा व्यवस्थापन हेर्थें । पछिल्लो समय ‘‘भने म रेस्टुरेन्ट क्षेत्रमा छु । 

व्यापार सजिलो कि म्युजिक भिडियो ?

सबै काम सजिला हुँदैनन् । तर रहरले कामलाई फरक पार्छ । यी दुवै मेरा रहरका काम हुन् । त्यसैले यी दुवै काम मलाई सहज लाग्छन् । 

अरू केमा रुचि छ ?

मलाई घुम्न एकदमै मन पर्छ । पोखरा र चितवन मलाई मन पर्ने ठाउँ हुन् । 

 Image