मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस इको इन्टरनेसनल २०२०’ सोफिया भुजेलले प्रतिनिधित्व गर्ने भएकी छन् ।
मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले गत शनिबार द स्ट्रान्ड लाउञ्ज एण्ड बार बत्तिसपुतली एक कार्यक्रमबीच प्रतियोगी सार्वजनिक गरिएको हो ।
सन् २०१५ मा इजिप्टबाट सुरु भएको एल.टी.सी.पी. संस्थाले ‘ब्युटी अफ इको’ थिममा पर्यटन र पर्यावरणबारे जागरण गराउन सुरु भएको हो । विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।
६० जना भन्दा बढी देशका सुन्दरीहरुको सहभागिता रहने उक्त प्रतियागितमा यसअघि पिन्शा श्रेष्ठ, नगमा श्रेष्ठ, रोनाली आमात्य, मुना गौचनले सहभागिता जनाइसकेका छन् । गत वर्ष यस प्रतियोगितामा आयुष्मा रायमाझीले प्रतिनिधित्व गरेकी थिइन । उनले ‘मिस इको एसिया’ को टाइटल समेत जितेकी थिइन ।