संगीता उराँव–रंगकर्मी
नाटकमा सानैदेखि मेरो रुचि हो । सानामा अरु दाजुदिदीहरू खेलौना बटुलेर हिँड्थे म भने नाटकमा अभिनय गर्न तम्सिन्थें । सडकनाटकले मलाई यो क्षेत्रलाई बुझ्न सहयोग गरेको हो ।

बन्दी सहायता केन्द्रकी निशुकुमारी शाहले यो वर्षको ‘मिस ग्रान्ड नेपाल २०२१’ ताज पहिरिन सफल भएकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा उनले ‘मिस इन्टिलेक्चुयल’ को अवार्ड पनि जित्न सफल भइन् । प्रतियोगितामा काठमाडौंकी सुर्जिना श्रेष्ठ ‘मिस टुरिजम नेपाल २०२१’, हेटौंडाकी मनीषा छिनाल ‘मिस ल्यान्डस्केप्स नेपाल २०२१’, झापाकी बबिता आचार्य ‘स्कुवा नेपाल २०२१’, पोखराकी प्रमिला विश्वकर्माले ‘मिस मल्टिनेसनल नेपाल २०२१’ को ताज पहिरन सफल भए । यसैगरी, सोनाली सापकोटालाई ‘मिस स्कुवा नेपाल २०२०’ का रूपमा ताज पहिर्याइएको थियो । मुख्य ताजधारी सुन्दरीहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउनेछन् । मुख्य विधाको उपाधिबाहेक ताजधारी सुन्दरीहरूले नगद पुरस्कार पचास हजार, पचास हजार बराबरको गोल्ड प्रिन्टेड थान्का, नेपाली चलचित्रमा अवसरका साथै अन्य गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । आरके इन्टरटेनमेन्ट ग्रुपको ब्यानरमा उक्त प्रतियोगिता आयोजना भएको थियो ।