कन्टिनेटल परिकार
मंसिर १२, २०७८
सेफ, लव स्टेसन रेस्ट्रो बार, हात्तीसार
चिकेन क्युजी
सामग्री :
विधि : सबैभन्दा पहिले चिकेनको लेग पिसलाई टमाटरको सस, नुन र दुवै मरिचको धूलो, थोरै कागतीको रस राखेर मेरिनेट गर्ने । त्यसपछि आलु र गाजरलाई उसिन्ने र स–साना टुक्रा पारेर काट्ने । अब यी सबै सामग्री फ्राई प्यानमा राख्ने र त्यसमा बटर र घिउ हालिदिने । केही समय फ्राई गरिसकेपछि लेग पिस पनि राखेर फ्राई गर्ने । त्यसमाथि राइस राखिदिने । एउटा ठूलो प्लेटमा राखेर माथिबाट लेग पिस राखिदिने र त्यसमाथि हरियो धनिँया, काटेको प्याज राखेर सजाइदिने । यो अरेबिक मेन कोर्स हो । अब यसमा गोलभेंडा, हरियो खुर्सानी र धनियाँको नेपाली फ्लेवर दिने अचारसँग खान सकिन्छ ।
क्रम्बड फ्राइड चिकेन
सामग्री : कुखुराको मासु, नुन, हुप्स वोएस्टर थाई सस, अमेरिकन गार्डेन सस, हवइट पेपर, मैदा, कर्नफ्लोर, ब्रेड क्रम्ब, तेल, गार्निसका लागि मौसमी तरकारी ।
विधि : पहिले मासुलाई स्लाइस गरी काट्ने । त्यसपछि मासुलाई मेरिनेट गर्ने । मेरिनेट गर्नका लागि नुन र हुप्स वोएस्टर थाई सस, अमेरिकन गार्डेन सस, हवइट पेपर, मैदा हालेर मोल्ने । केही समय राखेर कर्नफ्लोर, ब्रेड क्रम्बमा डुबाउँदै तेलमा खैरो रंगको हुनेगरी फ्राई गर्ने र त्यसलाई माथिबाट गार्निस गरेर सर्भ गर्ने । यो इटालियन फुड हो ।
मिट बल विथ बफेलो सस
सामग्री :
विधि : कुखुराको छातीको भागलाई काट्ने (फाइन चप) । त्यसमा मरिचको धूलो, नुन, मैदा, अण्डा र कर्नफ्लोर हालेर मेरिनेट गर्ने । केही समय राखिसकेपछि तेलमा डिप फ्राई गर्ने । अब बफेलो सस बनाउने । यसका लागि प्याज, भेँडेखुर्सानी, हरियो खुर्सानी, लसुन, ओयस्टर थाई सस, केचप, सोया सस, भेनेगर, हट सस, नुन राखेर बफेलो सस बनाउने । त्यसपछि गार्निस गरेर माथिबाट तिल राखेर सर्भ गर्ने ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्