Successfully Copied


मेष
समस्या समाधान हुनुका साथै मनमा भएको चिन्ता हटेर जानेछ । शरीर स्वस्थ रहनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । तीर्थस्थलमा घुमघाम गर्ने अवसर मिल्नेछ । कुनै नयाँ काम गर्ने अवसर मिल्नसक्छ । नयाँ साथीहरूसित मित्रता गाँस्ने मौका जुट्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । आफन्त एवं प्रियजनसित रमाइलो भेटघाट हुनेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनसक्छ । कुनै सामाजिक काममा सहभागी हुनुपर्ला । विभिन्न खालका कार्यक्रमका निमन्त्रणा आउनसक्छन् । धेरैजसो काम आफ्नै सक्रियतामा सम्पन्न हुनेछन् । विविध कुराले गर्दा मन प्रसन्न रहनेछ ।
वृष
पारिवारिक सुख–समृद्धि बढ्दै जानेछ । काम गर्ने रुचि बढ्नेछ । शरीर स्वस्थ रहनेछ । कामविशेषले कतै जानुपर्ने सम्भावना छ । नयाँ कामको प्रस्ताव आउनसक्छ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । कुनै पनि यात्रामा आफ्नो सरसामानको राम्रो ख्याल गर्नुपर्ने बेला छ । नवीन वस्त्र प्राप्तिको योग छ । कुनै संघसंस्थाबाट कसैकसैलाई मानसम्मान मिल्नसक्छ । टाउको एवं आँखा दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा सजग रहनुपर्नेछ । कुनै कुराले मनमा कुरा खेल्नसक्छ । असम्बन्धित कुरामा चासो दिनु उचित हुँदैन ।
मिथुन
यात्रा गर्ने सम्भावना छ । पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानबाट सुख–सन्तोष मिल्नेछ । कसैकसैको घरमा नयाँ सदस्यको आगमन हुनसक्छ । सानातिना कामकुरामा पनि आफै खट्नुपर्दा धेरै व्यस्त हुनुपर्ला । जता जाँदा पनि आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ । कुनै निर्णयात्मक काम गर्नुपर्ने हुनसक्छ । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित साथ र सहयोग पाइनेछ । विभिन्न खालका सरसामानको किनमेल हुनेछ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । कुनै जिम्मेवारीको पद सम्हाल्नुपर्ने स्थिति आउनसक्छ । समग्रमा महिना राम्रै रहनेछ ।
कर्कट
पारिवारिक सुख–समृद्धि बढ्नेछ । विभिन्न कुराको लाभ हुनेछ । कतैबाट आकस्मिक उपहार पाइनसक्छ । मनपर्दो क्रियाकलापमा समय दिन पाइनेछ । प्राय:जसो सबै काम आफ्नै रुचिअनुसार सम्पन्न हुनेछन् । कहिलेकाहीँ काम गर्दा सहयोगी हातहरू पछि हट्नसक्छन् । सकेसम्म कसैको भर नपरी आफ्नो काम आफैं गर्ने प्रयास गर्नुपर्नेछ । व्यावहारिक काम गर्दा बोलीचालीमा ध्यान दिनुपर्ने बेला छ । दाम्पत्य जीवनमा सामान्य वैचारिक मतभेद भैरहे पनि अपेक्षित माया र सद्भाव भने कायमै रहनेछ । कुनै वैवाहिक समारोहमा सहभागी हुने मौका मिल्नसक्छ । नवविवाहिताहरूले बोली र व्यावहारिक कामकुरा गर्दा भने केही सजगता अपनाउनुपर्ने बेला छ ।
सिंह
मनमा भएको चिन्ता हट्नुका साथै तन पनि स्वस्थ रहनेछ । काम गर्ने उत्साह बढ्दा सबै काम गर्न मनले सहज मान्नेछ । मन सकारात्मक भैदिँदा सबैसित व्यावहारिक भइनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कुनै विशेष समारोहमा सहभागी हुने अवसर मिल्नेछ । कसैकसैको लगनगाँठो कसिनसक्छ भने कसैलाई निम्तालु बनी जाने अवसर मिल्नसक्छ । कुनै नयाँ ठाउँबाट कामको प्रस्ताव आउनसक्छ । कसैकसैको सरुवा वा बसाइ सराइ हुने सम्भावना पनि छ । कुनै धार्मिक काममा आबद्ध हुने अवसर मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया र सद्भाव कायम रहनेछ । कुनै कुरामा अतिरिक्त खर्च हुनसक्छ । कतैबाट फेरि कुनै कुराको आकस्मिक लाभ होला ।
कन्या
मनमा भएको तनाव हट्दा काम गर्ने उत्साह बढ्नेछ । समस्याको समाधान हुनेछ । क्रमश: सबै कुराहरू मिल्दै जानेछन् । माइती एवं मावली पक्षसित भेटघाट हुनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । प्रतिस्पर्धात्मक काममा पनि सफल भइनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घरायसी काममा व्यस्त भइनेछ । भौतिक सुखका साधनहरूको जोहो हुनेछ । कसैकसैका लागि विवाहको योग छ । साथीहरूसित कतै जमघट हुनसक्छ । कुनै कुरामा आर्थिक लाभ हुनसक्छ । मनपर्दो र इच्छाएको कामकुरामा समय दिन खोजिनेछ ।
तुला
काम गर्दा अचानक बाधा आइलाग्नसक्छ । संयमतापूर्वक काम गर्नुपर्ने बेला छ । कुनै पनि काम धैर्यपूर्वक गर्नुपर्नेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले आर्थिक काममा सजग रहनुपर्ने बेला छ । राम्रो गर्दागर्दै पनि अनावश्यक अपजस आइलाग्नसक्छ, बोली र व्यावहारिक काम गर्दा सजगता अपनाउनुपर्ला । मित्रवर्गसित भेटघाट हुनसक्छ । काम गर्दा कतै न कतैबाट कुनै न कुनै माध्यमबाट अपेक्षित साथ र सहयोग मिल्ला । निर्णयात्मक काम गर्दा नहतारिनुहोला । खुरापाती सोच भएकासित काम गर्दा निकै सतर्क रहनुपर्नेछ । आफ्नै निर्णयले काम गर्दा मन खुसी रहला ।
वृश्चिक
आठौं सूर्यले मनमा भ्रम पैदा गर्नसक्छ । आफूले आँटेको काम कसरी सम्पन्न गर्ने होला भनी मनमा द्विविधा हुनसक्छ । तर पनि आठांै बुधले मनमा आत्मविश्वास जगाउनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रमा सफल भइनेछ । व्यापारिक क्षेत्र सफल रहनेछ । १४ देखि २० गतेसम्मको समय बुध वक्री हुँदा अनावश्यक खर्च गराउनसक्छ । उपर्युक्त समयमा कुनै पनि काममा लगानी वा खर्च गर्दा सजग रहनुपर्नेछ । अरू सबै कुरा यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् । सन्तान सुख प्राप्त हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । प्रतियोगितात्मक काममा सहभागी हुने मौका मिल्नेछ । सोचेअनुसार सबै कामकुरा मिल्दै जानेछन् । कुनै कुराले गर्दा मन ढुक्क रहनेछ ।
धनु
कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कुनै विशेष काममा सफलता मिल्नेछ । काम गर्ने जाँगर बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । कसैकसैको घरमा नयाँ सदस्यको आगमन हुने सम्भावना छ । घरका कुनै कुरामा हेरफेर हुनसक्छ । कतैबाट कसैकसैलाई राम्रो सम्मान मिल्नसक्छ । पेटमा गडबडी हुनसक्ने भएकाले पेटका बिरामीले जता जाँदा पनि आफ्नो खानपानको ख्याल गर्नुपर्ला । दाम्पत्य जीवनमा बेलाबेलामा सामान्य ठाकठुक परे पनि एक–अर्काप्रतिको माया र सद्भाव कायमै रहनेछ । कुनै कुरामा अनावश्यक खर्च हुनसक्छ ।
मकर
मनमा भएको तनाव हट्नेछ । स्वास्थ्यस्थिति राम्रो रहँदा तन पनि स्वत: स्वस्थ रहनेछ । विगतमा रोकिएका काम अघि बढ्न थाल्नेछन् । आफ्नो कार्यक्षेत्रमा उन्नति एवं प्रगति गर्ने अवसर मिल्नेछ । समयलाई आफू अनुकूल चलाउन खोजिनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । कसैकसैको यो महिनामा लगनगाँठो जुर्नसक्छ । प्राय: सबै काम तपार्इंकै प्रभुत्वमा सम्पन्न हुनेछन् । पारिवारिक वातावरण सुखमय रहनेछ । कतै सानोतिनो घुमघाम गर्ने मौका जुट्नसक्छ । परिवार/इष्टमित्रमा कसैलाई तपाईंको साथको आवश्यकता पर्नसक्छ ।
कुम्भ
काम गर्दा विभिन्न माध्यमबाट सहयोग मिल्नेछ । घरायसी काममा बढी व्यस्त भइएला । कुनै कुरालाई लिएर घरमा हेरफेर हुनसक्छ । व्यक्तिगत काम र खुसीका लागि पनि केही खर्च हुनसक्छ । छोराछोरीको कुनै कुराले गम्भीर बनाउनसक्छ । कुनै पनि कुरामा हतारिनु हुँदैन । कुनै कुरामा वैचारिक छलफल हुनसक्छ । सकेसम्म दुवैले एक–अर्काको इच्छा र आवश्यकतालाई बुझ्ने प्रयास गर्नुपर्छ । यदाकदा काम गर्दा सामान्य समस्या आइलाग्नसक्छन् । आफ्नै सुझबुझले समस्याको समाधान गर्ने प्रयास गर्नुपर्छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । अविवाहितहरूका लागि विवाहको योग पनि छ ।
मीन
इष्टमित्रसित भेटघाट हुनेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनसक्छ । कहिलेकाहीँ काम गर्दा अपजस आइलाग्नसक्छ । बोली र व्यावहारिक काम गर्दा सजगता अपनाउनुहोला । छिमेकी, शत्रुवर्ग तथा खुरापाती प्रवृत्तिका व्यक्तिसित काम गर्दा सजगता अपनाउनुहोला । नयाँ एवं पुराना मित्रहरूसित कुनै ठाउँमा भेटघाट हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । सवारीसाधनको किनबेच हुने सम्भावना छ । छोराछोरीको तर्फबाट कुनै राम्रो कुरा सुन्न पाइएला । श्रीमान्सित वैचारिक मतभेद हुनसक्छ । एक–अर्काको भावना र आवश्यकतालाई बुझ्नसके सम्बन्ध बलियो हुनेछ । 

 Image