होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
अक्टोबर महिनालाई क्यान्सर अवेयरनेस महिनाको रुपमा लिइन्छ । क्यान्सरको जोखिम कम गर्न अक्टोबर महिनाभरि विभिन्न कार्यक्रम र जागरण अभियान चलाइयो । सोही असरमा एक–एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रले आस्मान सँग मिलेर स्तन तथा गर्भाशयको क्यान्सर स्क्रिनिङसम्बन्धी १ दिने स्वास्थ्य शिविर आयोजना ग¥यो । कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सपना वैद्य मल्ल, क्यान्सर रोग विशेषज्ञ रश्मी पुन तथा ब्रेस्ट अंको सर्जन डा. ज्योति रायमाझीले बिरामी जाँच तथा परामर्श गरेका थिए । शिविरमा स्तन तथा गर्भाशयको क्यान्सरबारे निःशुल्क परामर्श, भिडियो एक्सरे र सहुलियत दरमा ल्याब परीक्षण औषधि उपलब्ध गराइएको थियो । यो कार्यक्रमले केही हदसम्म भएपनि महिलालाई क्यान्सर रोग लाग्न नदिन फाइदा पुगेको ब्रेस्ट अंको सर्जन डा. ज्योति रायमाझीले बताइन् । विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा छ भने नेपालमा पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ ।

स्तन क्यान्सर २० वर्ष माथिका महिलालाई हुन सक्ने भएकाले २० वर्ष कटेकाहरुले घरमै सेल्फ इक्जामिनेसन विधि अपनाउनु आवश्यक छ । महिनावारी भएको ५ देखि ७ दिनपछि आफ्नो स्तन र काँखीमुनी आफैंले छामेर अनावश्यक गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ । समयमै पत्ता लागेर उपचार भएमा क्यान्सर रोग निको हुन्छ ।