Successfully Copied

मोनिका थापा, समाजसेवी 

पहिले त महिला आफ्नो शक्ति पहिचान गरी सशक्त बन्नुपर्‍यो । समयको सदुपयोग गर्दै उत्पादनशील हुनुपर्‍यो । शिक्षा, सीप र क्षमता बढाउनुपर्‍यो अनि मात्र भर्सटायल भइन्छ । 

महिला कसरी भर्सटायल हुने हो ?

पहिले त महिला आफ्नो शक्ति पहिचान गरी सशक्त बन्नुपर्‍यो । समयको सदुपयोग गर्दै उत्पादनशील हुनुपर्‍यो । शिक्षा, सीप र क्षमता बढाउनुपर्‍यो अनि मात्र भर्सटायल भइन्छ । 

महिलाका लागि आत्मविश्वास भनेको के हो ?

आत्मविश्वास भनेको भित्रैदेखि आउने शक्ति वा भनौं तत्व हो । आत्मविश्वास विजयको साँचो हो । 

कसैलाई केही भन्न चाहनुहुन्छ ?

सबैभन्दा पहिले राजनीतिकर्मीलाई शिक्षाको महत्व, यसको अर्थ र सही प्रयोग गर्न आग्रह गर्न चाहन्छु । त्यसपछि मात्रै उहाँहरूमा पृथक् सोच र भिजन आउँछ जस्तो लाग्छ । 

सशक्त नारी कस्ता हुन्छन् ?

शिक्षा, सोच, विचार र क्षमताको सही सदुपयोग गर्ने नारी नै सशक्त नारी हुन् । त्यसको प्रभावकारी परिणामद्वारा समाज र मुलुकलाई योगदान दिनसक्छन् । 

नेपाली महिलाका लागि अबको मूल मुद्दा के हुनुपर्छ ?

अझै महिलाको शिक्षामा जोड दिनुपर्छ । साथै महिलालाई निर्णायक तहमा पुर्‍याउने अवधारणा र रणनीतिमा काम गर्नुपर्छ । अझैसम्म पनि पढेलेखेका महिलाको सीप, परिश्रम र क्षमता घरैमा थन्किएको छ । त्यसको सदुपयोग हुनुपर्छ । 

जीवनमा विशेष लागेको कुनै क्षण ?

आमा बन्दा । 

तपाईंको अबको इच्छा के छ ?

महिलाको सहज र खुसी जीवनका लागि धेरै काम गर्ने इच्छा छ । 

जीवनमा गर्न मन लागेको तर अवसर नजुटेको कुनै कामबारे बताइदिनुस् न ?

समाचार वाचन गर्ने बच्चैदेखिको रहर थियो, अहिलेसम्म पूरा भएको छैन । भविष्यमा गर्छु होला । 

आगामी योजना के छ ?

महिला शिक्षा, स्वास्थ्य र सशक्तीकरणमा काम गर्ने हो ।

 Image