मोडलिङमा अघि बढ्दै दिदीबहिनी

नारी संवाददाता

कार्तिक १२, २०७८ ४१ घण्टा लगातार युगल नृत्य गरेर विश्व रेकर्ड राख्न सफल भएका दिदीबहिनी हुन्, रुविशा र एलिसा श्रेष्ठ । चन्द्रागिरिका उनीहरूले करिब दुई वर्षअघि नै विश्व रेकर्ड राख्न सफल भएका हुन् । विश्व रेकर्ड राख्न मात्रै होइन मोडलिङको यात्रामा पनि उनीहरू सँगसँगै छन् । ‘मनबिनाको धन २’ बाट एकसाथ डेब्यु गरेका उनीहरूले ‘वरको छायाले’, ‘दसैं आयो’ जस्ता गीतमा अभिनय गरिसकेका छन् । स्नातक तहमा अध्ययनरत उनीहरू पढाइ सँगसँगै मोडलिङ करियरलाई अगाडि बढाउने योजनामा छन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>