स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।

सामग्री : खसीको टाउको, तोरीको तेल, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला, लसुन ।
विधि : सुरुमा टाउकोलाई चार भागमा काटेर प्रेसर कुकरमा दुई सिठी लगाउने । त्यसपछि निकालेर हड्डी र मासु छुट्याउने । त्यसमा भएको मासुलाई टुक्रा बनाउने । त्यसपछि बाक्लो तावामा तोरीको तेल तताउने । २ देखि ३ सय डिग्री तापक्रममा त्यसलाई फ्राइ गर्ने । पाकिसकेपछि त्यसमा हरियो खुर्सानी फुराउने, काटेको लसुन, जिरा र धनियाँको धूलो हाल्ने र डिप फ्राइ गर्ने ।
- दीपेश सूर्यवंशी
सेफ, भेटघाट रेस्ट्रो, अनामनगर