‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।

दीपेश सूर्यवंशी
सेफ, भेटघाट रेस्ट्रो, अनामनगर
सामग्री : गिदी, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला, अदुवा, लसुन, टमाटर ।
विधि : सबैभन्दा पहिले मःमः पकाउने भाँडामा गिदीलाई आधा पाक्ने गरी स्टिम गर्ने । त्यसपछि प्यानमा तेल तताउने, त्यसमा गिदी राख्ने । सानो आँचमा फ्राइ गर्ने । सँगसँगै काटेको अदुवा, लसुन, हरियो खुर्सानी, काटेको टमाटर हालेर ५ देखि ७ मिनेटसम्म पकाउने । त्यसपछि मसला हाल्ने र २ मिनेटसम्म पकाउने । मसला सुरुमा हाल्दा डढ्ने भएकाले पछि हाल्नुपर्छ ।