Successfully Copied

जाडोमा स्वस्थकर परिकार

बगेडीको सुप सामग्री : बगेडीको मासु, प्याज, तेल, नुन, बेसार, जिरा, धनियाँ, खुर्सानी, अदुवा–लसुनको पेस्ट, गरम मसला, हरियो धनियाँ । विधि : बगेडीको छाला, आन्द्राभुँडी निकाली राम्ररी पखालेर एउटा भाँडोमा राख्ने । बगेडी आफैंमा सानो हुने भएकाले यसलाई पिस गर्नु पर्दैन । एउटा भाँडोमा थोरै तेल तताउने । तातेको तेलमा मसिनोगरी

सुमन लामा

सेफ, लेकाली किचन एन्ड, कटिया हाउस

 

बगेडीको सुप

सामग्री : बगेडीको मासु, प्याज, तेल, नुन, बेसार, जिरा, धनियाँ, खुर्सानी, अदुवा–लसुनको पेस्ट, गरम मसला, हरियो धनियाँ ।

विधि : बगेडीको छाला, आन्द्राभुँडी निकाली राम्ररी पखालेर एउटा भाँडोमा राख्ने । बगेडी आफैंमा सानो हुने भएकाले यसलाई पिस गर्नु पर्दैन । एउटा भाँडोमा थोरै तेल तताउने । तातेको तेलमा मसिनोगरी काटेको प्याजलाई राम्ररी भुट्ने । प्याज हल्का खैरो भएपछि त्यसमा बगेडीलाई राखेर केही समय चलाउने । त्यसमा नुन, बेसार, गरम मसला राखेर राम्ररी चलाएरसानो आगोको आँचमा केही बेर पकाउने । त्यसपछि त्यसमा पिसेको जिरा, धनियाँ, हरियो खुर्सानीको पेस्ट राखेर केही बेर भुट्ने । मसला पाकेपछि अदुवा–लसुनको पेस्ट पनि राखेर केही बेर छोपेर पकाउने । त्यसमा पानी राखेर उमाल्ने । माथिबाट हरियो धनियाँको पात छर्कने । त्यसपछि बगेडीको सुप खानका लागि तयार हुन्छ ।

 

बट्टाईको सुप 

सामग्री : बट्टाईको मासु, प्याज, तेल, नुन, बेसार, जिरा, धनियाँ, खुर्सानीको पेस्ट, अदुवा लसुनको पेस्ट, गरम मसला एवं हरियो धनियाँ ।

विधि : बट्टाईको मासुलाई राम्रोसँग पखालेर एउटा भाँडोमा राख्ने । भाँडोमा थोरै तेल तताउने । तातेको तेलमा मसिनोगरी काटेको प्याजलाई राम्ररी भुट्ने । प्याज हल्का खैरो भएपछि त्यसमा मासु राखेर भुट्ने । अब त्यसमा नुन, बेसार, गरम मसला हाली पिसेको जिरा, धनियाँ, हरियो खुर्सानीको पेस्ट राखेर केही बेर भुट्ने । मसला पाकेपछि अदुवा–लसुनको पेस्ट पनि राखेर केही समय छोपेर पकाउने । पाकिसकेपछि पानी राखेर केही बेर उमाल्ने । माथिबाट हरियो धनियाँका पात छर्कने ।

 

कालिजको सुप

सामग्री : कालिजको मासु, मसिनो गरी काटेको प्याज, तेल, नुन, बेसार, जिरा, धनियाँ, खुर्सानी, अदुवा, लसुनको पेस्ट, गरम मसला एवं हरियो धनियाँ ।

विधि : एउटा भाँडामा तेल तताउने (तेल धेरै राख्नुहुँदैन, चिल्लो बढी भयो भने सुपको स्वाद विग्रन्छ) । तेल तातेपछि प्याजलाई हल्का खैरो हुन्जेल भुट्ने । आफ्नो रुचिअनुसार ज्वानो, मेथी वा जिराका दाना फुराउन पनि सकिन्छ । त्यसपछि कालिजको मासुलाई एकछिन भुट्ने । मासु भुट्दै जाँदा केही मात्रामा फुल्दै जान्छ । नुन, बेसार, गरम मसला, पिसेको जिरा, धनियाँ एवं खुर्सानीको पेस्ट राखेर केही बेर भुटी सानो आँचमा छोपेर राख्ने । सबै मसला पाकेपछि अदुवा–लसुनको पेस्ट राखेर फेरि त्यसैगरी भुटेर पकाउने । त्यसपछि आवश्यकतानुसार पानी राखेर केही समय छोपेर मज्जाले उमाल्ने । केही बेर उम्लिएपछि त्यसमा हरियो धनियाँका पात राखेर छोप्ने । त्यसपछि कालिजको सुप खानका लागि तयार हुन्छ ।

 Image