Successfully Copied

आत्महत्या

विश्वभर नै आत्महत्या बढिरहेको छ । यो समस्या निकै जटिल बनिरहेको छ ।। प्रेम, व्यापार विफल हुँदा आत्महत्या गर्छन् । असाध्य रोग लाग्दा पनि मृत्युलाई नै रोज्छन् ।।

–राजेशमान के.सी.

विश्वभर नै आत्महत्या बढिरहेको छ ।

यो समस्या निकै जटिल बनिरहेको छ ।।

प्रेम, व्यापार विफल हुँदा आत्महत्या गर्छन् ।

असाध्य रोग लाग्दा पनि मृत्युलाई नै रोज्छन् ।।

अभावले ग्रस्त हुँदा आत्महत्या रोज्छन् ।

धन–दौलतले सम्पन्न नि आत्महत्या गर्छन् ।।

बालकदेखि वृद्धासम्म आत्महत्या गर्छन् ।

नेतादेखि अभिनेता यही बाटो रोज्छन् ।।

कोरोनाको ‘लकडाउन’ मा यो निकै बढेको छ ।

आर्थिक समस्या नि यसको कारण बनेको छ ।।

आत्महत्या अन्तिम बाटो ठान्नु हुँदैन ।

जीवनदेखि हार हामीले मान्नु हुँदैन ।।

परिस्थिति सँधै आफू अनुकूल हुँदैन ।

आफै मात्र सही हुन्छु भन्ने पनि छैन ।।

आपूmभित्र सकारात्मक भाव राख्नुपर्छ ।

मनलाई सिर्जनशील काममा लगाउनुपर्छ ।।

आफैप्रति प्रेम अनि विश्वास राख्नुपर्छ ।

परिस्थितिसँग लड्दै अघि बढ्नुपर्छ ।।

जन्मेपछि एकदिन हामी सबले मर्नुपर्छ ।

जिन्दगीमा धैर्य राखी अघि बढ्नुपर्छ ।।

 Image