Successfully Copied

जाँगरिली गरिमा

स्नातक तहमा अध्ययनरत गरिमाले अभिनय गरेको भुर–भुर पुतलीको टिमले नबोली नबोली...का प्रस्ताव गरे, त्यही गीतले उनलाई हिट बनाइदियो । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । पुष्प खड्का, पल शाहलगायतका चल्तीका हिरोसँग म्युजिक भिडियोमा अभिनय गरिसकेकी गरिमाको अबको इच्छा ठूलोपर्दाको चलचित्रमा अभिनय गर्ने

कोरोना महामारीले धेरैलाई फुर्सदिलो बनाएका बेला १९ वर्षीया यी किशोरीलाई कामको चटारोले भ्याइनभ्याइ छ । करिब ५५ वटा म्युजिक भिडियोमा यिनले अभिनय गरिसकेकी छन् । यसले कामप्रतिको उनको लगाव, क्षमता र आत्मविश्वासलाई पुष्टि गर्छ । पछिल्लो समय म्युजिक भिडियो क्विनका रूपमा चर्चित मोडल गरिमा शर्मा टिकटकमा उत्तिकै हिट छिन् । टिकटकमा उनका ५ लाख फलोअर्स र १ करोड भ्युअर्स छन् । गरिमा भन्छिन्, 'आफूभित्र कला र क्षमता, जाँगर अनि आत्मविश्वास भए खाली बस्नु पर्दैन ।'

बाग्लुङको बेनीमा जन्मिएकी उनी चितवनमा हुर्किएकी हुन् । सानैदेखि पढाइमा तेज गरिमा स्कुलमै छँदा नाटकमा अभिनय गर्ने, स्क्रिप्ट लेख्ने, नाच्ने÷गाउने र वक्तृत्वकलामा सहभागी हुन्थिन् । बाल्यकाल स्मरण गर्दै उनी भन्छिन्– 'नाईं नभन्नु ल' चलचित्र हेर्दा आफूलाई बालकलाकारका रूपमा कल्पना गर्थें । उस्तै हाउभाउ र अभिनय गर्न मन पथ्र्यो । म पनि ठूली भएर फिल्म खेल्न पाएजस्तो लाग्थ्यो ।' 'मिस एसएलसी नेपाल ब्युटी प्याजेन्ट' मा 'मिस पर्सनालिटी अवार्ड' हात पारेपछि उनी मोडलिङ र अभिनय क्षेत्रमा रमाउन थालिन् ।

दुई वर्षअघि लोक दोहोरीबाट डेब्यु गरेकी उनलाई उतिबेला कसैले नोटिस नगरेको बताउँछिन् । उनी आफूलाई फेरि टेलको परीजस्तै बनेर अभिनय गर्न रूचाउँथिन् तर डेब्यु सिनमै उनले अपाङ्ग भएर अभिनय गर्नुप¥यो । त्यसपछिको दोस्रो भिडियोले पनि उनलाई स्थापित हुन खासै सघाएन । पछिल्लो समय उनी टिकटकमा व्यस्त छिन् । भन्छिन्, 'म टिकटकर भनेर खासै चिनिन चाहन्न । किनभने मैले त्यसभन्दा पहिले नै अभिनय गरिसकेकी थिएँ । तर, सत्य के हो भने टिकटक मेरा लागि एउटा राम्रो प्लेटफर्म बन्यो । आफ्नो अभिनय क्षमता र कला सही रूपमा प्रस्तुत गर्न पाएँ । त्यसपछि मलाई कामका अफरहरू आउन थाले ।'

फरासिली, सबैसँग असल व्यवहार गर्न जान्ने गरिमाको मन पनि उत्तिकै कोमल र सफा छ । सानैदेखि दिएर खाने संस्कारमा हुर्किएकीले यिनलाई मानव सेवामा ठूलो चासो छ । कोरोनाकै बीच उनले थापाथलीमा असहायलाई खाना, ५५ परिवारलाई राहत वितरण, सिन्धुपाल्चोकमा राहत वितरणलगायतका सामाजिक काम आफ्नो एक्लो लगानीमा सफल पारिन् ।

'मेरो उमेर नै के भएको छ र बल्ल १९ वर्षकी भएँ । म त्यति परिपक्व भइसकेकी छैन कि अरुसँग पैसा उठाएर, चन्दा संकलन गरी गरिब जनताको व्यवस्थापन गर्न सकूँ । त्यसैले आफूसँग जे थियो, मैले जति सकें त्यति एक्लै गरेकी हुँ' गरिमा भन्छिन्, 'कोरोनापछि त जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । यो सुरु भएपछि फिल्डमा हिँड्न थालें । कति दुख देखें । ठूला र अग्ला घरभित्रका कोठाहरूमा लुकेका दुःख, पीडा र अभावले मलाई सुख–दुःख क्षणिक हो जस्तो लाग्यो । मानवबीचमा सहयोगको भावना हुनुपर्छ । सबैले सबैलाई यथासक्य सहयोग गर्नुपर्छ । त्यसैका लागि भगवान्ले हामीलाई यो सुन्दर जीवन उपहार दिनुभएको हो भन्ने सिकें ।'

छोटो अवधिमै आफूले धेरै काम गर्न सक्नुमा कडा परिश्रम, आफूभित्रको खुबी र भाग्यले पनि साथ दिएको उनले बताइन् । नेपाली मनोरञ्जन क्षेत्रमा पढेलेखेका, आत्मविश्वासी, अडिग व्यक्तित्व भएका मानिसको आगमन भए यो क्षेत्र थप सम्मानित हुने उनको धारणा छ ।  सार्वजनिक व्यक्तित्व भइसकेपछि गाली र ताली दुवै पाइन्छ भन्ने दर्शन बुझेकी गरिमाले पब्लिक फिगरले धेरै सोचविचार गरी बोल्नुपर्नेमा सजग छिन् । उनी भन्छिन्, 'हाम्रा दर्शकहरू पनि एकदमै लाटा–सोझा हुनुहुन्छ । एक हिसाबले भन्दा अत्यन्तै निर्दोष हुनुहुन्छ । पर्दामा जे देखाइन्छ उसको वास्तविक जीवन पनि त्यस्तै होला भनेर आँकलन गरिदिनुहुन्छ । पर्दामा कुनै पात्र नराम्रो भूमिकामा छ भने वास्तविक जीवनमा पनि ऊ त्यस्तै होला भनेर अड्कल काट्ने गरिन्छ तर त्यसो होइन । मलाई लाग्छ अबका दर्शकहरू विश्लेषण गर्ने क्षमताका निस्किन्छन् र हामीजस्ता कलाकारले आफूलाई अझ निखार्ने र तिखार्ने मौका पाउँछौं ।'

स्नातक तहमा अध्ययनरत गरिमाले अभिनय गरेको भुर–भुर पुतलीको टिमले नबोली नबोली...का प्रस्ताव गरे, त्यही गीतले उनलाई हिट बनाइदियो । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । पुष्प खड्का, पल शाहलगायतका चल्तीका हिरोसँग म्युजिक भिडियोमा अभिनय गरिसकेकी गरिमाको अबको इच्छा ठूलोपर्दाको चलचित्रमा अभिनय गर्ने हो ।

गरिमालाई मनपर्छ

मासु–भात

सहज खालका पहिरन

पानीमा भिज्न

फिक्सन पात्र सिन्ड्रेला

हिन्दी फिल्म विवाह

सनस्क्रिन लगाउन

पल शाह

सकारात्मक सोचका मान्छेहरू

तस्बिर ः महेश प्रधान

पहिरन ः सुषमा सिंह, वुमन्स प्लानेट, दरबारमार्ग

मेकअप ः पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी, नयाँ बानेश्वर

लोकेसन ः रोयल थाई हस्पिटालिटी, राधेराधे भक्तपुर

 Image