Successfully Copied

ट्रेन्डमा ‘स्पोर्टस् ब्रा’

स्पोर्टस् गतिविधिमा वक्षस्थलको मुभमेन्टका कारण हुने छाती दुखाइदेखि छातीको लिगामेन्ट ड्यामेजसम्मको रोकथाम गर्छ ।

समयसँगै सौन्दर्यको परिभाषा र मानकहरू परिवर्तन हुँदै जानु स्वाभाविक हो । यतिखेर फिटनेसलाई शारीरिक सुन्दरताको अभिन्न पाटो मान्न थालिएको छ । स्वस्थ शरीरमा फिटनेसको आकर्षण थप्न फिट, सुडौल र सुगठित शरीरफ्रति त्रेज बढेसँगै जुम्बा, एरोबिक, जिम तथा फिटनेस सेन्टरमा पसिना बगाएर आफ्नो शरीरलाई नचाहिने बोसो पगाल्ने महिलाको संख्या दिनहुँ बढ्दो छ । र यी सबका लागि महिला जमातको भरपर्दो संगिनी बनेको छ, ‘स्पोर्टस् ब्रा’ । यसले प्रयोगकर्ताका वक्षस्थललाई शारीरिक गतिविधिका समयमा राम्रो सपोर्ट प्रदान गर्छ । साथै यसले वक्षस्थललाई बढी हल्लिन र चल्न दिँदैन । शारीरिक गतिविधिका बेला महसुस हुने असुविधाबाट पनि यसले जोगाउँछ । स्पोर्टस् गतिविधिमा वक्षस्थलको मुभमेन्टका कारण हुने छाती दुखाइदेखि छातीको लिगामेन्ट ड्यामेजसम्मको रोकथाम गर्छ ।

‘स्पोर्टस् ब्रा’ कसरी आयो ?

सन् १९७७ ताका लिसा लिन्डाल, पोली माल्मर स्मिथ र हिन्डा स्क्रिबरले संयुक्त रूपमा अहिलेको स्पोर्टस् ब्राको प्रारम्भिक स्वरूप तयार पारेका थिए । जसलाई उनीहरूले ‘जकब्रा’ को नाम दिएका थिए । लिसा आफैं एथलेट थिइन्, उनलाई खेलका बेला उतिखेर उपलब्ध साधारण ‘ब्रा’ लगाएर आफ्नो खेलको अभ्यास गर्दा र खेल खेल्दा वक्षस्थलमा ‘ब्रा’ को ‘स्ट्राइप’ का कारण हुने घर्षण, त्यसको दुखाइ र सुजनको समस्या थियो । यही समस्या निदानका रूपमा ‘जक ब्रा’ हुँदै ‘स्पोर्टस् ब्रा’ आएको थियो । लगभग ४२ वर्षपछि आजको परिवेशमा ‘स्पोर्टस् ब्रा’ को बजारले झन्डै आठ खर्ब ३२ अर्ब ९२ करोड ४८ लाख रुपैंयाँ बराबरको कारोबार गरेको देखिन्छ । वर्ष २०१९ मा यसको प्रयोग र पपुलारिटी अझ बढेको बताइन्छ ।

बदलिँदो परिवेश

सन् १९९९ ताका फिफा वुमेन्स वर्ल्ड कप फाइनलमा पेनाल्टी सुटआउटमा अमेरिकाले चीनमाथि विजय हासिल गरेको थियो । पेनाल्टी सुटआउटको पाँचौं सुटआउटमा अमेरिकी खेलाडी ब्रान्डी चास्टेनले गरेको गोलले अमेरिकाले त्यतिखेर महिला फुटबलको विश्वकप उचालेको थियो । पेनाल्टी सुटआउटमा गोल गरेको खुसीमा ब्रान्डीले आफ्नो जर्सी फुकालेर ग्राउन्डमा घुँडाले टेकेकी थिइन् । त्यतिखेर उनी ‘स्पोर्टस् ब्रा’ मा थिइन् । यो तस्बिर कुनै पनि महिला खेलाडीले आफ्नो जितमा खुसी मनाएको आइकोनिक तस्बिर बनेको थियो । र यो कुनै अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडीले आफ्नो जर्सी फुकालेर ‘स्पोर्टस् ब्रा’ प्रदर्शन गरेको पहिलो घटना थियो । यसपछिका दिनका ‘स्पोर्टस् ब्रा’ को लोकप्रियता र प्रयोग निकै आकासिएको थियो ।

कुरा फेरि पनि फिफा वुमेन्स वर्ल्ड कपकै । सन् २०१९ को वुमेन्स वर्ल्ड कपमा सहभागी टिमका सबै सदस्यहरूको अफिसियल स्पोर्टस् वेयर किटमा ‘स्पोर्टस् ब्रा’ले प्रमुख स्थान प्राप्त गरेको छ । चौध राष्ट्रको अफिसियल स्पोन्सको नाइकी ब्रान्डले आफ्नो ‘स्पोर्टस् ब्रा’ को रेन्जमा यसपटक सिमलेस ‘नायलन स्पान्डेक्स’ प्रविधि प्रयोग गरी ‘फ्लाई निट ब्रा’ उत्पादन गरेको छ । ‘सुपर फिट’, ‘सुपर कम्फर्ट’ र ‘फिल लाइक सुपर हिरो’ शैलीमा नाइकीको यो ‘स्पोर्टस् ब्रा’ को स्वरूपमा ‘क्याजुयल सिलहुट्स’ र कलरको विविधताले आकर्षण थपेको पाइन्छ । आजको परिवेशमा ‘स्पोर्टस् वेयर’ का विश्व विख्यात ब्रान्डहरूमा ‘स्पोर्टस् ब्रा’को विविध रेन्ज भेट्न सकिन्छ भने ‘झिक्टोरिया सित्रेट’ जस्तो ‘लन्जरी ब्रान्ड’ मा पनि ‘स्पोर्टस् ब्रा’ को रेन्जको उपलब्धताले यसको मागलाई स्पष्ट पारेको छ ।

आजको बदलिँदो परिवेशमा ‘स्पोर्टस् ब्रा’ मात्र वुमेन स्पोर्टस् पर्सनालिटीको अभिन्न पाटो बनेको छैन । यसले फेसनको संसारमा आफ्नो छुट्टै पहिचान बनाउँदै शारीरिक अभ्यासदेखि ‘वुमेन सेलिब्रेटी’ को ‘बोल्ड एन्ड ग्ल्यामरस’ छवि हुँदै ‘स्टाइलिस’, ‘कम्फर्ट,’ ‘ट्रेन्डी’ देखिन रुचाउने जोकोहीको पनि ‘वार्डरोब’ को साथी बन्न थालेको छ । ‘जगर्स पाइन्ट’, ‘योगा पाइन्ट एन्ड जिन्स’, ‘लङ एन्ड सर्ट लेगिङ एन्ड जेगिङ’, ‘स्पोर्टस् पाइन्ट’ मात्र नभई आजभोलि यो ‘फर्मल’ र अन्य ‘क्याजुएल वेयर’ सित पनि सुहाउँदो र सहज देखिन थालेको छ । अब ‘स्पोर्टस् ब्रा’ भित्री नभएर बाहिरी पहिरनकै रूपमा विकसित भएको पाइन्छ । जेनिफर लोपेज, रिहाना, ओलिभिया कल्पो, लुसी हेल, एस्ली ग्राहाम, क्लोइ कार्डसियनदेखि कटरिना कैफ, जान्हवी कपूर, करिना कपूर, मलैका अरोरा, श्रद्धा कपूर, सारा अली खान आदिसम्मका बलिउड डिभाको ‘स्पोर्टस् ब्रा’ प्रतिको लगावले यसको क्रेजलाई उचाइमा पुर्‍याएको छ ।

‘स्पोर्टस् ब्रा’ का आधारभूत पक्षहरूमा यसको ‘ब्यान्ड’, ‘सोल्डर स्ट्राइप’, ‘एड्जस्टेबल स्ट्राइप’, ‘ब्याक क्लोजर’, ‘अन्डरवायर’, कप, ‘विकिङ फेब्रिक’ र ‘सपोर्ट’ पर्छन् । आज ‘स्पोर्टस् ब्रा’ विभिन्न फेसनेबल कलर, प्रिन्ट र प्याटर्नमा उपलब्ध छन् । नेपाली बजारमा विश्व प्रसिद्ध ब्रान्डका ‘स्पोर्टस् ब्रा’ देखि सस्ता रेन्ज ‘स्पोर्टस् ब्रा’ हरू उपलब्ध छन् । चार–पाँच सयदेखि झन्डै दश हजारसम्मका ‘स्पोर्टस् ब्रा’ नेपाली बजारमा पाइन्छन् ।

‘स्पोर्टस् ब्रा’ को छनोट

राम्रो पर्फमेन्स, सहजता, सुविधा र आरामदायकलाई विचार पुर्‍याउँदै आफू संलग्न हुने गतिविधिअनुसार ‘स्पोर्टस् ब्रा’ चयन गर्नु राम्रो हुन्छ । ‘स्पोर्टस् ब्रा’ हरू तीन लेभलको सपोर्ट प्रदान गर्ने हेतुले बनाइएका हुन्छन् । सोहीअनुरूप चयन गर्नु उपयुक्त हुन्छ ।

स्पोर्टस् ब्राका प्रकार

बनावट र उपयोगिताका आधारमा ‘स्पोर्टस् ब्रा’ तीन प्रकारका छन् । इनक्यापसुलेसन स्पोर्टस् ब्रा ः यस प्रकारको ‘ब्रा’ मा ‘कप्स’ हुन्छ र यसले वक्षस्थललाई राम्ररी सराउन्ड र सपोर्ट प्रदान गर्छ । साधारण ‘ब्रा’ जस्तै यसमा ‘कम्प्रेसन’ हुँदैन । अतः लो इम्प्याक्ट गतिविधिका लागि यस प्रकारको ‘ब्रा’ उपयुक्त हुन्छ ।

कम्प्रेसन स्पोर्टस् ब्रा : प्रयोगकर्ताले गन्जी लगाएजस्तै आफ्नो टाउकोबाट पसाएर यो लगाउनुपर्छ । यो ‘ब्रा’ को प्रयोग गर्दा प्रयोगकर्ताको वक्षस्थल छातीमा टाँसिन पुग्छ र हलचल हुँदैन । अतः कम्प्रेसन स्पोर्टस् ब्रा लोदेखि मिडियम इम्प्याक्ट शारीरिक गतिविधिका लागि उपयुक्त हुन्छ ।

कम्प्रेसन तथा इनक्याप्सुलेसन स्पोर्टस् ब्रा : अधिकांश ‘स्पोर्टस् ब्रा’ मा ‘कम्प्रेसन’ तथा ‘इनक्याप्सुलेसन’ को समायोजन पाइन्छ । जसले वक्षस्थलाई सपोर्ट र आराम प्रदान गर्नुका साथै शारीरिक गतिविधिमा धेरै हल्लिन दिँदैन । फिगरलाई सेप र सौन्दर्य पनि प्रदान गर्छ । अतः यस प्रकारको ‘स्पोर्टस् ब्रा’ ‘हाई इम्प्याक्ट’ शारीरिक गतिविधिका लागि उपयुक्त हुन्छ ।

‘ब्रा स्ट्राइप’ को डिजाइनका आधारमा  ‘स्पोर्टस् ब्रा’

क्रिसक्रस : यस खालको डिजाइनमा ब्राको स्ट्राइप पछाडि क्रिसक्रस स्टाइलमा हुन्छ र यसले राम्रो सपोर्ट प्रदान गर्छ । केही उत्पादनमा ‘स्ट्राइप एडजस्टेबल’ पनि हुने भएकाले आफ्नो आराम र सुविधाअनुसार फाइन फिट गर्न सकिन्छ ।

ट्याङ्क टपः यो ‘स्ट्राइप’ को ‘स्टाइल’ साधारण रूपमा प्रयोग गरिने ‘ब्रा’ जस्तै हुन्छ । स्ट्राइपहरू एडजस्टेबल हुने भएकाले आफ्नो सुविधाअनुसार फाइन फिट गर्न सकिन्छ ।

रेसरब्याक : यस प्रकारको ‘स्पोर्टस् ब्रा’ मा ‘सोल्डर स्ट्राइप वाई सेप स्टाइल’ मा बनेको हुन्छ । ‘रेसरब्याक’ ले मिडियमदेखि हाई इम्प्याक्ट गतिविधिमा राम्रो सपोर्ट र सुविधा प्रदान गर्छ । यस प्रकारको स्ट्राइप एडजस्टेबल नहुने भएकाले आफ्नो ‘ब्रा’ साइजका बारेमा सचेत हुनु आवश्यक हुन्छ ।

यीबाहेक ‘स्पोर्टस् ब्रा’ मा अन्य विविधता पनि पाइन्छ । जुन ‘फ्रन्ट फास्टेनिङ’, ‘प्याडेड’, ‘अन्डरवायर्ड’, ‘नन् वायर्ड’, ‘प्लस साइज’, ‘म्यास्टेक्टोमी स्पोर्टस् ब्रा’ का नामले चिनिन्छ ।

 

विश्वको ‘टप टेन स्पोर्टस् ब्रा’ का ब्रान्डहरू

१. ड्राई फिट फाइभफोरएट्फाइभफोरफाइभ

नाइकी ब्रान्डअन्तर्गतको यो स्पोर्टस् ब्रालाई विश्वकै सबैभन्दा उत्कृष्ट ‘स्पोर्टस् ब्रा’ का रूपमा मानिएको छ । यसलाई ‘एड्भान्स स्टे ड्राई’ प्रविधिअन्तर्गत बनाइएको छ । यो सबै फिगर सेपका महिलाहरूका लागि उपलब्ध छ । अत्यन्त आरामदायक र सपोर्टिभ भएकाले यो जुनसुकै शारीरिक अभ्यास र खेलकुदका लागि उपयुक्त छ ।

२. विकिङ ब्रा

जकी ब्रान्डअन्तर्गतको विकिङ स्पोर्टस् ब्रामा प्रयोग भएका कप्स तथा स्ट्राप्स अत्यधिक आरामदायक र गतिशीलतालाई ध्यानमा राखेर बनाइएका छन् । मेसिनमा धुन मिल्नुका साथै यसको आकारमा ग्यारेन्टीका साथ नबिग्रने हुनु यसको प्रमुख विशेषता मानिएको छ ।

३. रिबोक

रिबोक ब्रान्डका ‘स्पोर्टस् ब्रा’ मा अनेकौं विविधता पाइन्छ । जस्तै–एडजस्टेबल स्ट्राप्स, रेजरब्याक्स तथा ड्राई फिट टेक्नोलजी । आरामदायक हुनुका साथै रिबोकका स्पोर्टस् ब्राहरू स्टाइलिस र ट्रेन्डी डिजाइनमा उपलब्ध छन् ।

४. च्याम्पियन

गुणस्तरीय तथा तुलनात्मक रूपमा सस्तो हुनु यसको प्रमुख विशेषता हो । स्प्याडाक्स र पोलिस्टरको संमिश्रणबाट बनेका यी ‘स्पोर्टस् ब्रा’ ‘स्ट्रेच’, ‘सपोर्ट’ र ‘कम्फोर्ट’ अत्यन्त राम्रा हुन्छन् । एडभान्स ड्राई फिट प्रविधिबाट बनेका हुनाले यिनले सहज रूपमा पसिनालाई अवशोषित गर्न र हटाउन सक्छन् ।

५. जकी पर्फमेन्स

‘जकी स्पोर्टस् ब्रा रिमुभेबल’ अर्थात् निकाल्न मिल्ने कप्ससहितको हुन्छ । ‘हाई इम्प्याक्ट सपोर्ट’ र अत्यन्त आरामदायी हुनु यसको प्रमुख विशेषता हो ।

६.सुपरनोभा एक्स इम्प्याक्ट

‘सुपरनोभा एक्स इम्प्याक्ट स्पोर्टस् ब्रा’ अंग्रेजी अक्षर ‘एक्स’ ले रेजरब्याक आकारको ब्राको डिजाइनलाई प्रतिबिम्बित गर्छ । ‘मोल्डेड ब्रा कप्स’ तथा ‘लो स्कुप नेक’ को विशेषता हो । यसको उत्पादनकर्ता विश्वविख्यात स्पोर्टस् ब्रान्ड एडिडास हो ।

७. हिरो ब्रा’

यो ‘ब्रा’ लाई विश्वकै उत्कृष्ट ‘एथलिट स्पोर्टस् ब्रा’ का रूपमा मानिएको छ । कारण यो चाँडै सुक्ने प्रविधिअन्तर्गतको विशेष प्रकारको नाइलन मटेरियलबाट बनेको हुन्छ । यसले वर्कआउटको पूरा समयमा प्रयोगकर्तालाई फ्रेस र ड्राई महसुस गराउँछ ।

८. वुमेन्स योगा ‘ब्रा’

यो ब्रान्डका ‘ब्रा’ का लक्षित ग्राहक वर्ग भनेकै योगा गर्ने महिलाहरू हुन् । अत्यन्त आरामदायक यो ब्रान्डको ‘स्पोर्टस् ब्रा’ ‘रिच पोलियामिड मटेरियल’ बाट बनेको हुन्छ । ‘स्ट्रेचेबल’ हुने भएकाले योगाभ्यासका कुनै पनि क्रियाकलापमा यसले आवश्यक सहजता, लचकता र आराम प्रदान गर्छ । विभिन्न साइजमा उपलब्ध हुनु यसको अर्को राम्रो पक्ष हो ।

९. नाइकी

उत्कृष्ट क्वालिटी ‘स्पोर्टस् ब्रा’ ब्रान्डको पयार्य बनेको ‘नाइकी ब्रान्ड’ अन्तर्गतका ‘स्पोर्टस् ब्रा’ मा साइज, कलर तथा डिजाइनका विविधता पाइन्छन् । सहजता, आरामदायी, स्ट्रेचेबल हुनु र पसिना सोस्ने मटेरियलले बनेको हुने भएकाले प्रयोगकर्तालाई वर्कआउटपछि पनि ड्राई र फ्रेस महसुस हुनु नाइकी ब्रान्डका स्पोर्टस् ब्राको विशेषता हो ।

१०. लुसी ब्रा’

जिमखाना ज्वाइन गर्न रुचाउने महिलाहरूका लागि यो ‘ब्रा’ उत्तम छनोटका रूपमा लिइएको छ । यो आरामदायक हुनुका साथै अत्यन्त पावरफुल फेब्रिकबाट बनेका कारण कठिन शारीरिक अभ्यासका लागि भरपर्दो साथी मानिएको छ । स्ट्रेच र सपोर्ट यसको विशेषता हो भने यसको फराकिलो ब्यान्डले सबै प्रकारका शारीरिक बनावट भएका महिलाहरूको आवश्यकता पूर्ति गर्ने यसको फरक विशेषता हो ।

 Image