Successfully Copied

प्रश्नोत्तर

यो मौसममा नाइलन मिसिएको, भेल्भेट, सिल्कका पहिरन लगाउनुहुँदैन । यसले पसिना सोस्दैन र झन् गर्मी महसुस गराउँछ ।

सुरिता श्रेष्ठ, फेसन डिजाइनर

गर्मीमा कुल देखिन कस्तो पहिरन रोज्नुपर्छ ?

टिनएजर्सले स्यान्डो डिजाइनको स्लिभलेस, क्रप टि–सर्ट, थाइ लेन्थ पेन्ट, रफल डिजाइनको निलेन्थ वानपिस लगाउन सक्छन् । जर्जेटको आउटर बो बनाएर लगाउँछन् । लामो कुर्ती फिटिङ जिन्समा लगाउँदा फेसनेबल देखिन्छ । २० प्लसकाले रफल डिजाइनको कुर्ती, गाउन डिजाइनको कुर्ती, म्याक्सी डिजाइनको कुर्ती रुचाउँछन् । फेब्रिकको कुरा गर्दा कटन धेरैको रोजाइमा पर्छ । स्लोम रेवन फेब्रिकको माग अहिले बढी छ । यसले शीतल महसुस गराउँछ ।

गर्मीमा कस्ता पहिरन लगाउनुहुँदैन ?

यो मौसममा नाइलन मिसिएको, भेल्भेट, सिल्कका पहिरन लगाउनुहुँदैन । यसले पसिना सोस्दैन र झन् गर्मी महसुस गराउँछ । त्यस्तै, स्ट्रेचेबल पहिरनलाई बेवास्ता गर्नुपर्छ । यस्तो पहिरनले पसिना आउने, र्‍यासेज आउने, पोल्ने हुन्छ । अँध्यारा रंगका पहिरन पनि लगाउनु हुँदैन । यसले सूर्यको किरणलाई परावर्तन नगरी सोस्ने भएकाले अझ गर्मी हुन्छ ।

यो वर्ष कस्तो पहिरन चल्नेछ ?

फ्लोरोसेन्ट प्रिन्ट अहिले फेसनमा छ, आगामी वर्ष पनि यही चल्तीमा रहनेछ । फ्लोरोसेन्ट प्रिन्ट भएको म्याक्सी ड्रेस, साडी, वानपिस, ब्याग, जुत्ता–चप्पल, बोर्डर भएको साडी त्यस्तै स्लिभलेस ब्लाउज चल्नेछ ।

गर्मीका लागि केही फेसन टिप्स बताइदिनुहोस् न ?

गर्मीमा विभिन्न रंग तथा फेब्रिकका पहिरन लगाएर स्टाइलिस देखिन सकिन्छ । कटन, रेबन, क्रेप, लिनेन फेब्रिक गर्मीका लागि उपयुक्त मानिन्छन् । कटन कुर्तीमा सरारा सुरुवाल र प्रिन्टेड सल लगाउँदा फरक लुक्सका साथै फेसनेबल पनि देखिन्छ । यतिबेला हल्का लुज पहिरन लगाउनुपर्छ । पहिरन शरीरमा टाँसियो भने असहज महसुस हुन्छ । त्यस्तै, यतिबेला हातको छाला डढ्ने सम्भावना भएकाले स्लिभलेस पहिरन बाहिर हिँडडुल गर्दा नलगाउनु वेश हुन्छ । स्लिभलेस पहिरन लगाउनुपरेमा पातलो आउटर लगाउनुपर्छ । यसैगरी, गर्मीमा हेभी वर्क गरिएको पहिरन लगाउनुहुँदैन । आरामदायी, हल्का र सहज पहिरन लगाउनु उपयुक्त हुन्छ ।

 Image