Successfully Copied

२०७८ साल असार महिनाको राशिफल

समस्याको समाधान हुनुका साथै काम गर्ने सहज वातावरण बन्नेछ । मनमा भएका तनाव हट्न गई काम गर्ने उत्साह बढ्नेछ । साथै शरीर पनि स्वस्थ रहनेछ ।

प्रीति आत्रेय ज्ञवाली, फलित ज्योतिषचार्य

मेष

समस्याको समाधान हुनुका साथै काम गर्ने सहज वातावरण बन्नेछ । मनमा भएका तनाव हट्न गई काम गर्ने उत्साह बढ्नेछ । साथै शरीर पनि स्वस्थ रहनेछ । भेटघाट एवं घुमफिरका लागि कतै जाने मौका मिल्नसक्छ । मित्रवर्गसित राम्रो भलाकुसारी हुनेछ । काममा सोचेअनुरूप सफलता मिल्दै जानेछ । घरमा कुनै सर—सामग्रीमा हेरफेर हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यापारिक क्षेत्रमा पनि केही सहजता हुँदै जानेछ । कुनै काम विशेषले कतैको सानोतिनो यात्रा हुनसक्छ ।

वृष

टाउको एवं आँखा दुख्ने योग भएकाले झिनामसिना कार्य गर्दा सजग रहनुपर्ने बेला छ । समय र परिस्थितिअनुसार आफूलाई ढाल्न सके अनावश्यक तनावबाट बच्न सकिन्छ । पारिवारिक मेलमिलाप राम्रै हुने हुँदा काम गर्दा सबैबाट अपेक्षित सहयोग मिल्नेछ । बिस्तारै सबै काम सहज हुँदै जानेछन् । दाम्पत्य जीवनमा श्रीमान्बाट अपेक्षित सहयोग प्राप्त हुनेछ । विशेष कामले घुमघाम पनि हुनसक्छ । आफ्नो इच्छानुसार किनमेल गर्ने एवं समय बिताउने मौका मिल्नेछ । मनलाई खुसी बनाई काम गरे सबै कुरा भनेजस्तै सम्पन्न हुँदै जानेछन् ।

मिथुन

पारिवारिक सुखका निमित्त कुनै कुरामा केही खर्च हुनेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । सन्तानबाट पनि सन्तोष पाइनेछ । कहिलेकाहीँ कामको चापले गर्दा शरीरमा थकान पैदा हुनसक्छ । आफ्नो शारीरिक स्वास्थ्य र खुसीका लागि केही समय छुट्याउनु होला । ग्यास्ट्राइटिसका बिरामीले खानपानमा सजग रहनुपर्नेछ । आफूसित असम्बन्धित कुराहरूबाट आफूलाई अलग राख्न सके अनावश्यक तनावबाट बच्न सकिन्छ । कसैकसैको कुनै काम विशेषले कतैको यात्रा हुनसक्छ ।

कर्कट

पारिवारिक सुख मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं सद्भाव मिल्नेछ । व्यापारिक क्षेत्रमा सुधार आउनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । सन्तान सुख मिल्नेछ । साथीसंगीसित भेटघाट गर्ने मौका मिल्नसक्छ । तपार्इंको बोली र विचारको कदर हुनेछ । तपाईंको वाकपटुता र कार्यदक्षताको सबैले खुलेर प्रशंसा गर्नेछन् । प्रतिस्पर्धीहरू आफै तर्केर बाटो फेर्नेछन् ।

सिंह

कुनै धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मनमा भएको तनाव हट्न जाँदा शरीर स्वस्थ रहनेछ । कसैकसैलाई कुनै काममा उल्लेख्य योगदान गरेवापत मान—सम्मान मिल्न सक्छ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । शैक्षिक, सामाजिक एवं न्यायिक कार्यमा सफलता मिल्नेछ । सन्तानबाट सुख सन्तोष पाइनेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ ।

कन्या

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान हुनुका साथै रोकिएका कामहरूले गति लिन थाल्नेछन् । मनमा भएको तनाव हट्न जाँदा काम गर्ने जाँगर बढ्नेछ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यापारिक क्षेत्रमा पनि सुधार हुनेछ । साथीसंगीसित भेटघाट गर्ने अवसर जुट्न सक्छ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । कुनै सामाजिक कार्यमा सहभागी हुने मौका मिल्न सक्छ । दाम्पत्य जीवन सोचेजस्तै सुमधुर रहनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ ।

तुला

योजनानुरूप सबै कार्यमा सफलता मिल्दै जानेछ । धेरै समयपछि आफ्नो इच्छानुसार समययापन गर्ने अवसर मिल्नेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । छोराछोरीबाट सुख–सन्तोष मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । अनावश्यक खर्च हुने योग रहेकाले किनमेल गर्दा अत्यावश्यक कुरामा मात्र जोड दिनु राम्रो हुनेछ । पारिवारिक स्वास्थ्य र खानपानमा सजग रहनुपर्नेछ । कुनै कुरामा आफ्नो इच्छानुसारको प्रतिफल मिल्न जाँदा मन प्रसन्न रहनेछ ।

वृश्चिक

पारिवारिक वातावरण सुखमय रहनेछ । घरका सबै सदस्यको एक–अर्काको सुख–दुःखबारे राम्ररी बुझ्ने प्रयास हुनेछ । दाम्पत्य जीवनमा अहंले प्रवेश पाउँदा कहिलेकाहीँ एक–अर्काले गरेको कार्य चित्त नबुझ्नसक्छ । सकेसम्म धैर्य र तटस्थ भई रहन सके सम्बन्धमा मधुरता छाउनेछ । कामको प्रतिफल के होला ? भनेर मनमा अनावश्यक तर्कना उब्जिन सक्छन् । सकारात्मक र शान्त रही आफ्नो काम गर्नु नै लाभदायक रहनेछ । केही समय आफ्नो व्यक्तिगत खुसी र स्वास्थ्यका लागि छुट्याउन सके मन चङ्गा रहनेछ ।

धनु

पारिवारिक सदस्यहरूसित मेलमिलाप बढ्नेछ । सबै कार्य सोचेजस्तै सहज हुँदै जानेछन् । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । शैक्षिक, सामाजिक एवं प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । रक्तचापका बिरामीहरूले आफ्नो खानपान, आहारविहार र व्यायाममा ध्यान दिनुहोला । व्यापारिक क्षेत्र फराकिलो हुँदै जानेछ भने आर्थिक पक्ष पनि सुदृढ हुनेछ । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । आफन्त वा इष्टमित्रमा तपाईंको सहयोगको आवश्यकता पर्न सक्छ ।

मकर

मनमा भएको तनाव हट्न जाँदा शरीर स्वस्थ रहनेछ । काम गर्ने उत्साह एवं जाँगर दुवै बढ्नेछ । समस्याको समाधान हुनेछ । काम सुचारु रूपले सम्पन्न हुँदै जानेछन् । कहिलेकाहीँ छोराछोरीको कुरालाई लिएर दाम्पत्य जीवनमा मतभेद भए पनि एक–अर्काप्रतिको माया, सहयोग र सद्भाव भने कायमै रहनेछ । शान्त, धैर्य र सकारात्मक तवरले तटस्थ भई काम गर्दा जस्तोसुकै परिस्थितिलाई डटेर सामना गर्ने आन्तरिक बल मिल्नेछ । आफ्नो कार्य क्षेत्रमा सक्रिय हुँदै लागिपरेमा प्रतिस्पर्धीहरू आफै तर्किएर बाटो लाग्नेछन् ।

कुम्भ

आफ्नो परिवार एवं आफन्तसित भेटघाट गर्ने मौका मिल्नसक्छ । मनमा भएको चिन्ता हटेर जानेछ । घरमा केही सरसामग्रीको जोहो हुनसक्छ । रोकिएका कामहरूले गति लिन थाल्नेछन् । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । तपाईंको कार्यदक्षता देखेर धेरै चकित पर्नेछन् । आफ्नो नियमित स्वभावलाई लागू गरी काम गर्दै जाँदा सबै कार्य सहजरूपले सम्पन्न हुँदै जानेछन् । प्रतिस्पर्धीहरूले तपाईंको काममा भाँजो हाल्ने प्रयास गरे पनि असमर्थ हुँदा आफै तर्किएर आफ्नो बाटो लाग्नेछन् ।

मीन

पारिवारिक मेलमिलाप बढ्नेछ । इष्टमित्र एवं साथीसंगीसित भेटघाट गर्ने मौका जुट्नसक्छ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । आफन्तमा कसैलाई सन्तान लाभ हुनसक्छ । आफ्नो एवं परिवारको स्वास्थ्यको राम्रो ख्याल राख्नुपर्ने बेला छ । व्यावहारिक काम गर्दा अपजस आउनसक्ने भएकाले कसैसित बोल्दा सकेसम्म कम तथा तार्किक कुरा गरी आफ्नो कार्यमा सक्रिय भै लाग्नुपर्ने देखिन्छ । आफूसित सम्बन्धित नभएका कुराबाट टाढै रहन सके अनपेक्षित विवादबाट बच्न सकिन्छ ।

 Image