Successfully Copied

बिरुवा स्याहार

फलफूलको बिरुवा रोप्न धेरै जग्गा वा ठूलो ठाउँ नै चाहिन्छ भन्ने छैन । सानो करेसाबारी, छत, कौसीमा गमला, बोरामा रोपेर फलाउन सकिन्छ ।

फलफूलको बिरुवा रोप्न धेरै जग्गा वा ठूलो ठाउँ नै चाहिन्छ भन्ने छैन । सानो करेसाबारी, छत, कौसीमा गमला, बोरामा रोपेर फलाउन सकिन्छ ।

हुन त यतिबेला फलफूल पाक्ने बेला हो । त्यसैले अहिले नयाँ बिरुवा रोप्नु हुँदैन । तर, ग्राफ्टिङ गरेको बिरुवा सार्न सिजन चाहिँदैन । जुनसुकै बेलामा पनि रोप्न सकिन्छ । विशेषगरी जाडोमा बोटबिरुवाको बढ्ने क्रम रोकिन्छ । यो बेला बिरुवाहरूको आरामको पिरियड हो । यतिबेला बिरुवाले मल लिँदैन ।

तर, नर्सरीमा पोलिब्यागमा पाइने बिरुवा जरा नहल्लाई सार्न सकिन्छ । जरामा बाधा पुग्दा बिरुवा ओइलाउन वा मर्न सक्छ । यतिखेर बिरुवाको पात झर्ने समय हो । यतिबेला बिरुवा सार्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । नत्र बिरुवाको पात पलाउने समयमा पात नपलाउन सक्छ ।

प्रताप बस्नेत, श्री गुह्येश्वरी नर्सरी बौद्ध

 

कुन–कुन फलफूल लगाउने ?

बाह्रमासे आँप, बाह्रमासे कागती, स्याउ, सुन्तला, कमक्वाड (मुन्तला), भोगटे, लिची, अंगुर, स्ट्रबेरी, आरु, अम्बा आदि लगाउन सकिन्छ ।

कस्तो माटोमा रोप्ने ?

छत वा कौसीमा बिरुवा रोप्दै हुनुहुन्छ भने कोकोपिटको प्रयोग गर्नुपर्छ । माटोमा मात्र रोप्दा भारी हुने भएकाले माटोमा कोकोपिट, खरानी, अर्ग्यानिक मल, झरेको पातको मिश्रण तयार गर्न सकिन्छ ।

गमलाको साइज कति हुनुपर्छ ?

बिरुवाको साइजअनुसार गमलाको साइज निर्धारण गर्नुपर्छ । बिरुवा एक–दुई इन्चको छ भने १२ इन्चको गमलाको साइजबाट सुरु गर्नुपर्छ । बिरुवा बढ्दै गएपछि गमलाको साइज त्यहीअनुसार बढाउँदै लानुपर्छ ।

कसरी हेरचाह गर्ने ?

यो मौसममा फलफूलको बिरुवालाई कम हेरचाह गरे पनि पुग्छ । हरेक तीन महिनाको फरकमा मल हाल्नुपर्छ । सीधै जमिनमा बिरुवा सारेको भए बिरुवा सरुन्जेलसम्म पानी दिनुपर्छ सरेपछि बिरुवाले आफैं लिन्छ । गमलामा रोपेको भए माटोको माथिको पत्र पूरै सुख्खा भएपछि मात्र पानी हाल्नुपर्छ र पूरै भिज्नेगरी हाल्नुपर्छ । जब बिरुवाको उचाइ बढ्दै जान्छ र फल दिन सुरु गर्छ, त्यसको हाँगा ट्रिमिङ गर्दै गर्नुपर्छ । जसकारण बिरुवा अग्लो नभई धेरै हाँगा फालेर झाँगिएर जान्छ र होचोमै फल्छ ।

बिरुवाको हेरचाहमा सबैभन्दा महत्वपूर्ण भनेको ‘रिपर्टिङ’ हो । सुरुमा बिरुवा १२ इन्चको गमलामा सार्ने । रिपर्टिङ गर्दा एकैपटक धेरै ठूलो साइजको गमलामा रोप्नुहुँदैन । बिस्तारै १२ इन्चबाट १४ वा १६ इन्चको गमलामा गर्दै सार्नुपर्छ । जमिनमा भए जरा जताततै सजिलै फैलन सक्छ तर, गमलामा सम्भव हुँदैन । जरा त्यही भित्र बाँधिन्छ । त्यसैले विरुवाको वृद्धि विकाससँगै गमलाको साइज पनि बढाउँदै लैजानुपर्छ ।

 Image