Successfully Copied

घोगीको सुप

घोगी तराई–मधेसको हिलो–माटो वा पानीमा पाइन्छ । घोगी विशेषगरी मधेसका शिल्पी समुदाय र थारु जातिको मुख्य परिकारका रूपमा चिनिन्छ । घोगीमा क्याल्सियम र भिटामिन ‘डी’ लगायत अन्य भिटामिनहरूसमेत हुने भएकोले यो ज्यादै पौष्टिक तत्व भएको खाद्य पदार्थ हो । बढी चिसो लाग्ने र

घोगी तराई–मधेसको हिलो–माटो वा पानीमा पाइन्छ । घोगी विशेषगरी मधेसका शिल्पी समुदाय र थारु जातिको मुख्य परिकारका रूपमा चिनिन्छ । घोगीमा क्याल्सियम र भिटामिन ‘डी’ लगायत अन्य भिटामिनहरूसमेत हुने भएकोले यो ज्यादै पौष्टिक तत्व भएको खाद्य पदार्थ हो । बढी चिसो लाग्ने र हाडजोर्नीका बिरामीहरूले घोगी खानु राम्रो हुन्छ ।

सामग्री : घोगी, तोरीको तेल, सुकेको प्याज, अदुवा–लसुनको पेस्ट, पिसेको जिरा, सुकेको खुर्सानी, गोलभेंडा, गरम मसला, बेसार र स्वादअनुसार नुन ।

विधि : सुरुमा घोगीलाई सफा पानीमा पखालेर कम्तीमा २४ घण्टा चामलको पिठोसहित सफा पानीमा भिजाउनुपर्छ । त्यसपछि पानीबाट निकालेर फेरि ४–५ पटक सफा पानीले मिचिमिची पखाल्नुपर्छ । यसमा हिलो माटो हुने भएकाले माटो पखालिने गरी सफा गर्ने । त्यसपछि घोगीलाई तातोपानीमा उमालेर निकाल्ने र फेरि सफा पानीले पखाल्न्पुर्छ । घोगी सानो शंख आकारको हुने भएकाले तलपट्टिको चुच्चो भाग काटेर फाल्नुपर्छ । त्यसपछि कराहीमा तोरीको तेल तताई त्यसमा मसिनो गरी काटेको प्याज हाली फुराएर अदुवा–लसुनको पेस्ट हाल्नुपर्छ । जिरा र सुकेको खुर्सानी पिसेर हाली आवश्यकतानुसार गोलभेंडा राखेर पाक्ने गरी भुट्नुपर्छ । त्यसपछि अन्य गरम मसला, नुन, बेसार राखेर एकछिन पकाउनुपर्छ । पाकेको मसलामा घोगी राखी छोपेर पकाउनुपर्छ । पाकिसकेपछि आवश्यकतानुसार झोल हालेपछि घोगी खानका लागि तयार हुन्छ ।

-  दीपक तामाङ

लेकाली किचन एन्ड कटिया हाउस

 Image