चलचित्र बनाउँदै केकी

नारी संवाददाता

पुस २२, २०७७ अभिनेतृ केकी अधिकारीले चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले ‘बोक्सीको घर’ नाटकलाई फिल्ममा उतार्ने बताएकी छिन् । सुलक्षण भारतीको लेखनमा निर्माण भएको नाटकको फिल्मी भर्सनमा केकीको अभिनय मुख्य भूमिकामा हुनेछ । केकीसँगै अभिनेता गौरव पहाडी चलचित्रमा देखिनेछन् । उक्त नाटक चार वर्षअघि मण्डला थिएटरमा मञ्चन गरिएको थियो । केकी अधिकारी फिल्मसले निर्माण गर्ने यो चलचित्रमा सुलक्षण र सुब्रतराज आचार्यको निर्देशन रहने छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>