‘म मरें भने’
म मरें भने, मेरा चिसा भएका पैतालालाई , चिसै माटोमा धस्काइदिनू म बाँच्दा तिनै माटोमा, तिनै पैतालाले संसार डुलेकी थिएँ

नायिका उपासना सिंह ठकुरी जति सुन्दर देखिन्छिन्, त्योभन्दा बढी उनमा बौद्धिकता र परिपक्वता भेटिन्छ । २१ वर्षीया उनी कोरोनापछिको संसार फरक हुने बताउूछिन् । भनिन्, मान्छेहरू स्वास्थ्य र अर्थप्रति ज्यादा सजग हुनेछन् । स्वस्थ रहनुपर्छ अनि बचत गर्नुपर्छ भन्ने भावना सबैमा जागृत हुनेछ ।’ तर यसैका कारण युवामा नराम्रो गरी मानसिक असर परेको पनि उनले बताइन् । युवा उमेर बाहिर जाने, साथीभाइसूग घुलमिल हुने, सिक्ने सिकाउने र देखेर जान्ने उमेर भएकाले भित्रै थुनिएर बस्नुपर्दा चौतर्फी असर परेको उनको भनाइ छ । यो समस्यालाई समाधान गर्न जतिसक्दो परिवारका सदस्यहरूसूगको सामीप्यतामा रहनुपर्ने र अन्तक्र्रियात्मक हुनुपर्ने उनको सुझाव छ ।
दार्चुलाकी पुष्पा बम र महेन्द्रनगरका उमेशबहादुर सिंहले उमेर नपुग्दै छोरीमा चाूडै परिपक्वता आउला भन्ने कमै आकलन गरेका थिए । तर स्नातक नसिध्याउूदै उनको सोच अकासियो । दुई बहिनीकी दिदी उपासनाको कलात्मक क्षमता ।।।क्याप्टेन’ र ।।।कबड्डी–कबड्डी’ दुई ठूला चलचित्रमा छर्लङ्ग देखिएको छ । सामाजिक सञ्जालका क्याम्पियन र यामाहाको विज्ञापनमा त झनै उनको कलामा कसी लाएको देखिन्छ ।
नृत्य, स्केचिङ, कार्यक्रम प्रस्तुतीकरणमा रुचि राख्ने उपासना महिलालाई ।।।स्ट्रङ ह्युमेन विइङ्ग’ अर्थात् बलियो मानव भन्न रुचाउूछिन् । किनभने उनले आफ्नो घरभित्र आमालाई यही अवतारमा देखेकी छन् । भन्छिन्, ।।।महिलाहरू मल्टी टास्किङ (बहुआयामिक कार्य) मा पोख्त हुन्छन् । अर्को कुरा, नारीहरू मानसिक रूपमा पनि निक्कै बलिया र परिपक्व छन् । जस्तोसुकै बज्रपातमा पनि उनीहरू सम्हालिएर बाूच्न सक्छन् ।’ १९ वर्षको उमेरमै ठूलो पर्दाको चलचित्रमा सफल हुनु उनलाई आफ्नो उपलब्धि लाग्छ । सामाजिक सञ्जालद्वारा युवा सचेतनामूलक कार्यक्रममा सहभागी हुन पाउनु, सुदूरपश्चिममा कोरोना परीक्षणका लागि पीसीआर सेवामा आर्थिक सहयोग गर्न सक्नु, लकडाउनमा भोकालाई खाना खुवाउने कार्यक्रममा हातेमालो गर्न पाउनुलाई उनी आफ्नो सानो योगदान ठान्छिन् । उपासनाका अनुसार कोरोनाले चलचित्र क्षेत्रलाई पनि मारमा पारेको छ । पहिलो कुरा चलचित्रमा लगानी हुूदैन, सुटिङ पनि हूुदैन । दोस्रो हलसम्म चलचित्र हेर्न जाने वातावरण पनि छैन । यो अवस्थामा हरेक क्षेत्रका मानिस एकजुट भई आफू बाूच्न र अरूलाई बचाउने काममा सहयोगी भूमिका खेल्नुपर्ने उनको तर्क छ ।
युवाहरूमा बढिरहेको द्विविधालाई प्रस्ट्याउूदै कसरी युवा यसबाट बाहिर निस्कने भन्नेबारे उनले भनिन्, ।।।हो, यो उमेरमा दिमागमा अनेकथरी कुरा खेल्छन्, द्विविधा हुन्छ तर आफ्नो लक्ष्यमा दृढ हुनुपर्छ । आफूभित्रको क्षमता पहिचान गरी त्यसैमा दत्तचित्त भएर लाग्नुपर्छ । कडा परिश्रम र धैर्यताले सफलता प्राप्त हुन्छ भन्नेमा मलाई विश्वास छ, जुन मेरो जीवनको अनुभव हो ।’ महिलालाई उचित स्थान र अवसर दिए महिलाको अवस्था सुदृढ हुन्छ भन्ने यी सुन्दरी नारीलाई समाजले समान व्यवहार गरेर हेरोस् मात्रै, त्यसपछि महिलाले संसार जित्ने बताउूछिन् । यसैबीच, धमाधम आइरहेका पर्वबारे पनि उनले आफ्नो धारणा राखिन्, ।।।पर्वहरू यो महामारीमा खल्लो र सादा हुनेछन् । तर आउने रंगीन र उल्लासमय दिन सम्झेर यो बेला सजग हुनु अनिवार्य छ ।’
उपासनाको धारणा
तपाईंसूग व्यक्तिगत जहाज भएको भए के नाम राख्नुहुन्थ्यो ?
सिंह ब्लिङ्ग
बेकारमा पैसा खेर फालेर किनेको कुनै चिज ?
पहिरन
तपाईंको दराजभित्र भएको अमूल्य कुरा ?
म ९ कक्षा पढ्दा दाइले उपहार दिएको सुन्दर पहिरन ।
तपाईंका लागि पुूजी ?
मेरो परिवार
फूल बन्न पाए कुन फूल बन्नुहुन्थ्यो र किन ?
ज्यासमिन । यो अत्यन्तै बासनादार फूल हो । अर्को कुरा मैले धेरै माया गर्ने मेरी बहिनीको नाम पनि ज्यासमिन हो ।
दुईमध्ये एकलाई रोज्नुहोस्, एकदमै मन नपरेको मान्छेसूग २४ घण्टा बिताउन या खुल्ला स्थानमा एकत्रित विशाल भीडको अगाडि टु पिसमा हिूड्न...
मनै नपर्ने मान्छे रोज्थें किनभने त्यो समयावधिमा ऊभित्रका राम्रा स्वभावहरू खोज्ने प्रयास गर्थें ।
कोरोनाका कारण संसारमा आइपरेको विपद् व्यवस्थापनको जिम्मा तपाईंलाई दिइयो भने सबैभन्दा पहिला के गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिला भोकमरीतर्फ केन्द्रित भएर यसको समाधान निकाल्ने थिएू । अर्को कुरा बेरोजगार व्यवस्थापनमा लाग्थें । पहिला त बाूच्नुप¥यो नि ।
मोडल तथा नायिकाः उपासना सिंह ठकुरी
पहिरनः रानीज कलेक्सन, थापागाउू, बानेश्वर
मेकअपः श्रृजा श्रेष्ठ तथा श्रेया श्रेष्ठ, द जाया स्टुडियो पुरानो बानेश्वर
लाकेसनः होटल सब्रिना, गणेशचोक, बुढानिलकण्ठ