Successfully Copied

२०७७ साल असोज महिनाको राशिफल

काम गर्ने जाँगर बढ्नुका साथै शरीर फुर्तिलो रहनेछ । मनभित्रका तनाव विस्तारै हट्नेछ । साथीसंगीसित भेट्ने मौका जुर्नेछ । अनपेक्षित विवाद हुन सक्ने भएकाले आफूसित असम्बन्धित कुरामा ध्यान नदिनु नै उचित हुनेछ । घरायसी कार्यमा सफलता मिल्नेछ । कोरोनाका कारण रोकिएका घरजग्गासम्बन्धी काममा

मेष

काम गर्ने जाँगर बढ्नुका साथै शरीर फुर्तिलो रहनेछ । मनभित्रका तनाव विस्तारै हट्नेछ । साथीसंगीसित भेट्ने मौका जुर्नेछ । अनपेक्षित विवाद हुन सक्ने भएकाले आफूसित असम्बन्धित कुरामा ध्यान नदिनु नै उचित हुनेछ । घरायसी कार्यमा सफलता मिल्नेछ । कोरोनाका कारण रोकिएका घरजग्गासम्बन्धी काममा सफल भइनेछ । व्यापारिक क्षेत्र सन्तोषप्रद रहनेछ ।

वृष

योजना अनुरूप कार्यमा सफलता मिल्दै जानेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आफ्नो इच्छानुसार काम गर्ने समय निस्कनेछ । साथीसंगीसित भेटघाट गर्ने मौका जुट्नेछ । कुनै नयाँ काममा मन जान सक्छ । व्यक्तिगत कार्यका लागि केही खर्च हुनेछ । घरमा कुनै सामग्रीमा हेरफेर हुन सक्छ । प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । सेयर कारोबारबाट राम्रो आम्दानी हात लाग्नेछ ।

मिथुन

आफ्नो इच्छानुसार समय यापन हुनेछ । कहिलेकाहीँ सन्तानले कुनै कुरामा जिद्दी गर्न सक्छन् । पारिवारिक खुसीका निमित्त केही खर्च हुन सक्छ । दाम्पत्य जीवनमा सामान्य मतभेद भए तापनि एकअर्काप्रतिको माया र समझदारी कायमै रहनेछ । कुनै कामले सानोतिनो यात्रा हुन सक्छ । व्यक्तिगत कार्यका लागि कुनै कुरामा खर्च हुन सक्छ । कुनै कुराको लाभ हुन सक्छ । व्यावहारिक कार्य गर्दा अपजस आउन सक्ने हुँदा बोली तथा व्यवहारमा सतर्कता अपनाउनुपर्नेछ ।

कर्कट

कुनै कुराले गर्दा मनमा प्रसन्नता छाउनेछ । काम गर्ने पराक्रम बढ्नुका साथै शरीर पनि स्वतः स्फूर्त रहनेछ । आफ्नो इच्छानुसार काम गर्ने अवसर मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । घरमा प्रयोग गर्ने कुनै सामग्रीमा हेरफेर हुन सक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया, सहयोग एवं समझदारी कायम रहनेछ । परिवारसित कतै जाने मौका मिल्न सक्छ । कामका साथसाथै आफ्नो स्वास्थ्य र खानपानमा पनि सजग रहनुपर्नेछ ।

सिंह

पारिवारिक सुख मिल्नेछ । दाम्पत्य जीवनमा श्रीमान्बाट अपेक्षित सुख एवं सहयोग पाइनेछ । आफ्नो कार्यका लागि समय निस्कनेछ । काम गर्दा धोका मिल्न सक्ने भएकाले कसैको झूटो आश्वासनमा विश्वास नगर्नुहोला । सकेसम्म आफ्नो कार्य आफैं गर्नु नै उपयुक्त हुनेछ । यो महिना घर खर्च बढ्न सक्ने भएकाले किनमेल गर्दा सूची बनाई किन्ने गरे अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

कन्या

कुनै काम विशेषले यात्रा हुन सक्छ । सानोतिनो कामका लागि पनि आफैं खट्नुपर्नेछ । काम गर्दा आकस्मिक समस्या आउन सक्ने भएकाले भैपरी आउन सक्ने समस्याको आकलन गरी कार्य गरेमा निकै सहज हुनेछ । साथीसंगीसित भेटघाट गर्ने मौका जुर्नेछ । कामको चापले थकान एवं टाउको दुख्न सक्ने भएकाले केही समय आफ्ना लागि पनि छुट््याउनुहोला । पेट एवं मुटुका बिरामीहरूले आफ्नो स्वास्थ्य एवं खानपानको ख्याल गर्नुहोला ।

तुला

सोचे अनुसार काम सम्पन्न गर्न पाउँदा मन खुसी हुनेछ । तपाईंको लगन एवं परिश्रमले गर्दा कामहरू पूरा हुँदै जानेछन् । कहिलेकाहीँ सहयोगी हातहरू तर्किन खोज्दा काममा धपेडी हुन सक्छ । प्रतिस्पर्धीले तपाईंको जति नै खेदो खने पनि काममा हानि भने गर्न सक्ने छैनन् । अधुरा काम पूरा हुनेछन् । व्यक्तिगत कार्य र खुसीका लागि केही समय निस्कनेछ । अत्यावश्यक उपभोग्य सामग्रीको किनमेल हुनेछ ।

वृश्चिक

काम गर्ने जाँगर बढ्नुका साथै मनमा भएको तनाव पनि हटेर जानेछ । रोकिएका कामहरूले गति लिन थाल्नेछन् । कामको सिलसिलामा कतैको यात्रा हुन सक्छ । धार्मिक कार्यमा अभिरुचि बढ्नेछ । तपाईंको इच्छाको ख्याल गर्दै परिवारजनले कार्य गर्नेछन् । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । तपाईंले राम्रो गर्दागर्दै पनि अनाहकमा बात लाग्न सक्छ । सकेसम्म कम बोल्ने र कसैसित ठट्टा नगर्ने गर्नु नै लाभप्रद रहनेछ ।

धनु

गरेको कार्यमा सफलता मिल्दै जानेछ । रोकिएका कामहरूले पनि बिस्तारै गति लिन थाल्नेछन् । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । तपाईंको वाकपटुता एवं कार्यदक्षताको सबैले प्रशंसा गर्नेछन् । साथीसंगीसित भेटघाट हुनेछ । धार्मिक कार्यमा झुकाव बढ्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ ।

मकर

 पारिवारिक सुख मिल्नेछ । इच्छानुसार काम गर्ने मौका मिल्नेछ । घरमा विभिन्न सामग्रीमा हेरफेर हुन सक्छ । माइतीपक्षसित भेटघाट गर्ने अवसर मिल्नेछ । साथीसंगीसित रमाइलो समय बिताउने मौका मिल्नेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । सबैजनाले आ–आफ्नो क्षेत्रबाट तपाईंलाई सक्दो सहयोग गर्नेछन् । जिम्मेवारीको काम गर्दा आकस्मिक समस्या आउन सक्ने भएकाले जुनसुकै काम गर्दा पनि कामका विविध पक्षको आकलन गरी कार्य गर्दा सहज हुनेछ ।

कुम्भ

कुनै कुराले मनमा अनावश्यक डर र तनाव उत्पन्न हुन सक्छ । सकेसम्म आफूलाई सकारात्मक सोचका साथ धैर्य र शान्त राख्ने प्रयास गर्नुहोला । आफ्ना आत्मीय व्यक्तित्वहरूसित सधैं सम्पर्कमा रहनुहोला । आफ्नो मनमा लागेका कुरा खुलस्त रूपले प्रकट गर्न सके सबैले तपाईंको इच्छानुसार कार्य गर्ने प्रयास गर्नेछन् । अरू कामका साथसाथै आफ्नो व्यक्तिगत कार्य र खुसीका लागि पनि केही समय

छुट्याउनुहोला ।

मीन

कुनै कामको सिलसिलामा यात्रा हुन सक्छ । गरेको कार्यमा सोचे अनुरूप सफलता मिल्नेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै कुराले मनमा खुसी बढ्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । पेट दुख्ने योग भएकाले पेट एवं ग्यास्ट्रिकका बिरामीले खानपानमा विशेष ध्यान दिनुहोला । सकेसम्म घरभित्रको खानेकुरामा बढी जोड दिनु राम्रो हुनेछ ।

 Image