Successfully Copied

स्वस्थ जीवनशैलीका लागि खानुहोस् यस्तो ब्रेकफाष्ट

स्वस्थ जीवनका लागि पनि सन्तुलित र स्वास्थ्यबर्धक खानपिन पनि उतिकै जरुरी हुदैगएको छ । त्यसैले बिहानको पहिलो खानपिन यस्तो किसिमको गर्न पोषणविद्हरुले सुझाउने गरेका छन् ।  

अहिले खाना र ब्यायाम भनेको एक रथको दुई पांग्रा भने जस्तै भएको छ । अहिलेको खानपिन र जीवनशैलीलाई हेर्ने हो भने ब्यायम अनिवार्य बन्दै गएको छ । स्वस्थ जीवनका लागि पनि सन्तुलित र स्वास्थ्यबर्धक खानपिन पनि उतिकै जरुरी हुदैगएको छ । त्यसैले बिहानको पहिलो खानपिन यस्तो किसिमको गर्न पोषणविद्हरुले सुझाउने गरेका छन् ।  

ब्रेकफाष्टको लागि :

फापर र कोदोको रोटी (५५० क्यालोरी)– प्रोटिन र फ्याट

आवश्यक सामग्री : फापरको पीठो ३० ग्राम, कोदोको पीठो ३० ग्राम, अण्डा १ वटा, मह थोरै स्वादका लागि ।

बनाउने विधी : फापर र कोदोको पीठोलाई पानी, अण्डा र मह हालेर मज्जाले फिट्ने । ननस्टिक प्यानमा थोरै ओलिभ ओयल राखेर रोटी पकाउने ।

फापरको विशेषता र फाइदा :

१. कोलस्ट्रोल कम गर्छ ।

२. मुटुलाई स्वस्थ राख्छ ।

३.ब्लडप्रेसरलाई लेभलमा राख्छ ।

४.हाई फाइबर युक्त हुन्छ । 

५.डाइबिटिजका समस्या भएकालागि उत्तम मानिन्छ । 

६. भिटामिन र मिनरल्स पर्याप्त पाइन्छ ।

कोदोको विशेषता र फाइदा

१. डाइविटिजका विमारीलाई लागि उत्तम मानिन्छ । 

२. मोटोपनलाई नियन्त्रण गर्छ । 

३. घाउँ वा चोटपटकमा आराम दिन्छ । 

४ प्रोटिनको मात्रा धेरै हुन्छ । 

५.फाइबर, मिनरस र भिटामिन प्रशस्त पाईन्छ । 

 Image