होमक्वारेन्टाइनः बालबालिकालाई सिकाउने समय
उनीहरूलाई कोरोना (कोभिड–१९) को सङ्क्रमण भइहाले पनि वृद्ध र रोगी मानिसहरूलाई मात्र बढी गाह्रो हुन्छ भन्ने जानकारी दिएर मनोवैज्ञानिक रुपमा सकारात्मक बनाउने प्रयत्न पनि गरिएको छ ।

समाजशास्त्री कैलाशनाथ प्याकुरेलले लकडाउनको कारण बालबच्चामा असामाजिक भावना विकास हुन सक्ने भन्दै निम्न सुझाव दिएका छन् ।
बालबच्चालाई भिडियो च्याटमार्फत भए पनि आफन्त, छिमेकी, नातागोतासँग भलाकुसारी गराउने ।
एकअर्काको सहयोग गर्नुपर्छ भन्ने कुरा बुझाउने ।
अनावश्यक डर, त्रासबाट मुक्त राख्ने
कोरोना भाइरसका अतिरञ्जित कुराहरू नसुनाउने ।
एक्लै बस्न र खेल्न नदिने । परिवारसँग घुलमिल गराउने ।