Successfully Copied

बालबालिकालाई कसरी रचनात्मक बनाउने ?

बालबालिका भोलिका कर्णधार हुन् तसर्थ उनीहरुलाई हामीले यस्तो सीप दिन सक्यौ भने उनीहरुमा भावनात्मक, व्यक्तित्व विकास तथा सोच्ने तथा बुझ्ने शक्ति अपार हुनसक्छ । यसले भोलि सुन्दर र शान्त संसार बनाउन मद्दत गर्छ । 


विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपालमा पनि लकडाउन भएको १ महिना भयो । सुरक्षाका कारण विद्यालय बन्द भएर विद्यार्थी पनि घरमै बसेका छन् । यस्तो अवस्थामा बालबालिकालाई घरमै पनि धेरै कुरा सिकाउने सकिने मनोचिकित्सक रामपुकार साह बताउँछन् ।  

अमेरिकन मनोवैज्ञानिक हावार्ड गार्डनरका अनुसार जसले संसारलाई नयाँ दिशा, प्रभावकारी वा मानव कल्याणका लागि केही कार्य गर्छन् त्यो नै रचनात्मक हो । हरेक प्राणी वा मानिसमा रचनात्मक हुन्छ । साधारण रुपमा बुझ्ने हो भने रचनात्मक भनेको फरक किसिमको काम गर्ने वा सोच्ने हो । कुनै पनि सोच जसले नयाँपन दिन्छ, त्यसलाई हामीले सिर्जनात्मक भन्न सकिन्छ ।

यसको सम्बन्ध मनोविज्ञानसँग गहिरो छ । मनोवैज्ञानिक रसका अनुसार रचनात्मक वा सिर्जनात्मकले भावना, व्यक्तित्व विकास र सोच्ने शक्तिमा असर पार्छ । भावनात्मकतामा खुसी सहनशीलता कल्पना गर्ने तथा कार्य गरेमा सहुलियत गर्छ । यसरी नै आत्म विश्वास दुविधाबाट सिक्न र प्रमाणात्मकताले व्यक्तित्व विकासमा असर पार्छ ।

त्यसरी नै समस्याको समाधान खोज्ने, सोच्ने विभिन्न क्षमताको विकासले कुनै व्यक्तिको सोच्ने शक्तिलाई प्रबल पार्छ । तसर्थ रचनात्मकताले मानिसको सम्पूर्ण विकासका लागि अति आवश्यक कुरा हो । यो नभए मानिसका विकास सोच्न पनि सकिदैन । जति पनि अहिले आविष्कार भएका छन् ती सबै रचनात्मकताले भएका हुन् । तसर्थ यसलाई कसरी बढावा दिने भन्ने कुरा सानै उमेरबाट गर्दा अझै उपयोगी हुने अध्ययनले देखाएको छ । 

विभिन्न मानिसले विभिन्न प्रयोग तथा धेरै अध्ययन गरेर नयाँ सूत्रहरु पत्ता लगाएका छन् । जसले रचनात्मकता शक्ति सानै उमेरदेखि गर्न सकिन्छ । बालबालिका भोलिका कर्णधार हुन् तसर्थ उनीहरुलाई हामीले यस्तो सीप दिन सक्यौ भने उनीहरुमा भावनात्मक, व्यक्तित्व विकास तथा सोच्ने तथा बुझ्ने शक्ति अपार हुनसक्छ । यसले भोलि सुन्दर र शान्त संसार बनाउन मद्दत गर्छ । 

रचनात्मक बढाउनका लागि आवश्यक कुरा 
१) घर तथा परिवार– बालबालिकाको पहिलो विद्यालय घर नै हो तसर्थ घरबाट नै परिवारका सदस्यले बालबालिकालाई रचनात्मक हुन प्रोत्साहन गर्नुपर्छ । घर परिवारमा तल दिइएका कार्यबाट लाभ लिन सकिन्छ । 

हुर्काउने शैली– परिवारका सदस्यले बालकहरुलाई अनुशासनात्मक रुपमा हुर्काउँदा बच्चामा यी कुराको विकास हुन्छ । 

खेल्ने – परिवारमा अभिभावकले बालबालिकासँग खेल्दा र खेलको नियम पालना गर्दा बालबालिकामा थुप्रै सीपको विकास हुन जान्छ । खेलमा चित्र मिलाउने, घर पत्ता लगाउने खेलले मद्दत गर्छ । 

कला तथा चित्र बनाउने – कला तथा चित्र कोर्न लगाएमा बच्चाहरुमा अझ रचनात्मकता भएको पाइन्छ । यसमा चित्र कोर्न तथा रङहरु भर्न तथा नाचगान गर्न सकिन्छ ।  

समस्या समाधान गर्न सोच्न लगाउने – अभिभावकले बालबालिकालाई आफैं समस्याहरुका समाधान बताउनुभन्दा बालबालिकालाई सोध्दा उनीहरुमा आफैं सोच्ने तथा बुझ्ने शक्ति बढ्छ । 

प्रयोगात्मक प्रश्न सोध्ने – यसले फरक ढंगबाट सोच्न सिकाउँछ । जस्तै बालबालिका एक्लै बजार जान सक्दैन भने के गर्दा हुन्छ भनेर सोध्दा उनीहरुले आफू दाइ, दिदी, आमा, बुवासँग जान्छु भन्न सक्छ । 
घरको काममा अगुवा बनाउने– घरको कुनै पनि भोज, निमन्त्रणामा बालबालिकालाई कार्य गर्नलाई अग्रसर बनाउनुपर्छ । उनीहरुलाई घरमा पाहुना आउँदा आदर सत्कार तथा के कसो गर्ने भनेर सिकाउनुपर्छ । 

२) विद्यालय तथा शिक्षा 
बालबालिकाको दोस्रो घर भनेको विद्यालय हो । जहाँबाट उनीहरुले शिक्षा प्राप्त गर्छन् । तसर्थ विद्यालयमा शिक्षा दिएर, बोर्डमा लेखाएर पढाएर मात्र रचनात्मक बढ्दैन । त्यसैले विद्यालयमा तलका कार्यहरु गर्न सकेमा बालबालिकामा अझै रचनात्मकता बढाउन सकिन्छ । 

नाटक : नाटकका पात्रहरुको चित्रण गरेमा भावनात्मक विकास हुने तथा व्यक्तित्व विकास पनि हुँदा यसले आफूले अरुको धारणा कसरी बुझ्ने सिकाइन्छ । 

वादविवाद : समय–समयमा वादविवाद कार्यक्रमले बालबालिकाको बोल्ने शैली तथा आत्मविश्वास बढ्छ । 

आँसुभाषण :  तुरुन्तै कुनै विषयमा बोल्न पर्दा पनि रचनात्मक शक्तिको विकास हुन जान्छ । 
भाषण : धेरै जनाको अगाडि बोल्न लगाउँदा रचनात्मकता बढ्छ । 

– बालुवा तथा माटोको मूर्तिकार तथा चित्रकला आदि कार्यक्रम तथा शिक्षक राखेर सिकाउन सकिन्छ । 

– नृत्य तथा संगीतको प्रशिक्षण गराउन सकिन्छ । 
– निवन्ध, कविता, कथा, अनुवाद तथा प्रशिक्षण गराउनुपर्छ । 

– कक्षा कोठामा निर्धक्क बोल्न सक्ने तथा जिज्ञासु हुनलाई शिक्षकले प्रेरणा दिनुपर्छ । 
– नयाँ किसिमको सोच, कार्य तथा नयाँ केही कृतिलाई इनाम तथा सम्मान दिनुपर्छ । 

– प्रेरणादायी कथाहरुको कक्षा संचालन गर्ने तथा त्यस्ता कार्यक्रम आयोजना गर्नुपर्छ ।  
– खेलकुदको प्रशिक्षण तथा कार्यक्रम गर्नुपर्छ । 

३) किशोरावस्थामा धेरै बालबालिकामा आफू नै सबै जान्ने तथा मै हुँ भन्ने भावना आउँछ । त्यस भावनालाई बुझ्नु जरुरी छ । धेरै जसो अभिभावक र शिक्षकले यो कुरा नबुझ्दा धेरै समस्या आउने गर्छ । यो अवस्थामा उनीहरु धेरै जसो साथीहरुसँग बस्ने र नयाँ कुरा गर्न रुचाउँछन् । यस्तो अवस्थामा ठीक वा बेठीक भन्दा एउटा नियममा राखेर उनीहरुको कुरा र धारणा बुझु्नु जरुरी छ । यस अवस्थामा तलका बुँदा उपयोगी हुन सक्छन् । 
– श्रमदान गर्न प्रेरित गर्ने । 

– समाज कल्याण कार्यमा सानो–सानो रकम संकलन गराउने ।

– घरको जिम्मेवारीमा सहभागी हुने । 

–उनीहरुको रुचीलाई प्रेरणा दिने । 

– उनीहरुको आफ्नो गोपनियतालाई सम्मान गर्ने आदि ।  

                                                                                      कान्ति बाल अस्पताल 
  

 Image