Successfully Copied

असल प्यारेन्टिङमा ‘फेमिली पेयरिङ’

टिकटकले नेपालमा आफ्ना कलिला प्रयोगकर्ताका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धनका लागि परिवारलाई सहयोग गर्ने उद्देश्यले नयाँ फिचर सुरु गरेको हो ।

टिकटकजस्ता सोसल मिडिया प्लेटफर्मले किशोर–किशोरीलाई सुरक्षित र स्वस्थ डिजिटल बानीको विकासमा मद्दत गर्न ‘फेमिली पेयरिङ’ नामक फिचर ल्याएका छन् । यसमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र वेल बिइङसम्बन्धी नियन्त्रणहरू छन् । अभिभावकले आफ्ना एकाउन्टहरू लिंक गरेर दैनिक स्क्रिन समय सीमा तोक्ने, अन्तरक्रिया व्यवस्थापन गर्ने र उमेर–सुहाउँदो सामग्री सुनिश्चित गर्ने सुविधामा पहुँच प्राप्त गर्न सक्छन् । टिकटकले फेमिली पेयरिङमार्फत परिवारलाई डिजिटल वेल बिइङबारे खुल्ला छलफल गर्न प्रोत्साहित गर्ने र अभिभावकका लागि आफ्ना किशोर–किशोरीलाई सुरक्षित अनलाइन अनुभव दिन मार्गदर्शन गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य यो एपले राखेको छ ।
यसले अभिभावकलाई हप्तामा फरक–फरक सीमा सेट गर्ने सुविधा दिन्छ, जसले गर्दा बालबालिकाहरूले टिकटकमा कति समय बिताउने त्यो निर्णय गर्न सक्छन् । सीमा नाघ्यो भने अभिभावकलाई एक पटकको सूचना कोड पठाइन्छ । यसका साथै, प्रयोगकर्ताहरूले आफ्ना किशोर–किशोरीका लागि सुत्ने समयको रिमाइन्डर सेट गर्न सक्छन्, जसले गर्दा एपले उनीहरूलाई लग आउट गर्न प्रेरित गर्छ । यो अभ्यासका लागि महँगो उपकरण वा थप तालिमको आवश्यकता पर्दैन, तर यसका लागि ध्यान, निरन्तरता र संवाद आवश्यक हुन्छ । यस्ता अभ्यासमा सानैदेखि संलग्न बालबालिका भविष्यमा सचेत र सुरक्षित डिजिटल नागरिक बन्ने सम्भावना बढ्दै जान्छ ।
टिकटकले नेपालमा आफ्ना कलिला प्रयोगकर्ताका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारलाई सहयोग गर्ने उद्देश्यले यो फिचर सुरु गरेको हो । यो फिचरमार्फत अभिभावकले आफ्ना टिनएजर (किशोर–किशोरी) को टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सुरक्षासम्बन्धी धेरै विकल्पको पहुँच मिल्नेछ । यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
फेमिली पेयरिङ फिचर सुरु गर्नका लागि टिकटकको ‘सेटिङ्स एन्ड प्राइभेसी’ मेनुमा गएर क्युआर कोड स्क्यान गरी अकाउन्ट एक–आपसमा जोड्न सकिन्छ । एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोई आफ्नै मोबाइलबाट सीधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन् ।
फेमिली पेयरिङमा थुप्रै सुरक्षा, गोपनीयता र डिजिटल वेल–बिइङसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभवअनुसार मिलाउन सक्नेछन् । जस्तैः यसमा दैनिक स्क्रिन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउन्ट खोज्न मिल्ने वा नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरू छन् ।
यो फिचरले परिवारका लागि मानसिक शान्ति दिनेमा विश्वास गरिएको छ, किनभने यसले किशोर–किशोरी (टिनएजर्स) प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारका बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन गर्छ । यो आगामी पुस्ताका लागि सुरक्षित र सोचविचार गरेर इन्टरनेट चलाउने वातावरण बनाउनका लागि एक महत्वपूर्ण कदम हो ।
जब टिनएजर्स प्रयोगकर्ताहरूको कुरा आउँछ, टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्छ । विशेषगरी नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साका रूपमा फेमिली पेयरिङ फिचरको सुरुवात गरिएको हो । टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भनेका छन्, ‘नेपालमा दर्ता भएको प्लेटफर्मका रूपमा हामी हाम्रो प्लेटफर्ममा सबैका लागि सुरक्षित, सकारात्मक र समावेशी अनलाइन वातावरण सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग नजिक रहेर काम गर्न प्रतिबद्ध छौं ।’
यो फिचरलाई देशभर पुर्‍याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटी र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ । यो अभियान मूलधारका मिडिया, आउटडोर बिलबोर्ड तथा सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिनेछ । सार्वजनिक व्यक्तित्वहरूको विश्वसनीय आवाजलाई उपयोग गरेर टिकटकले नेपालभरका परिवारहरूसम्म पुग्ने र फेमिली पेयरिङ फिचरको व्यापक अपनत्वलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।
टिकटकले विश्वभरका प्रयोगकर्तालाई सुरक्षित र पारदर्शी अनुभव प्रदान गर्न विशेष नीति र फिचरहरू ल्याउँदै आएको छ । नेपालमा फेमिली पेयरिङको सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो, जसले विशेषगरी युवापुस्तालाई सुरक्षित अनुभवका साथ टिकटक प्रयोग गर्न प्रोत्साहन गर्नेछ ।
टिकटकबारे
टिकटक छोटो आकारको मोबाइल भिडियोका लागि अग्रणी गन्तव्य हो । यसको मूल मिसन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन दिनु हो । टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ । यसका कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, कोरियाको सियोल र जापानको टोकियो आदि सहरहरूमा छन् । 


सञ्चिता लुईंटेल (नायिका)
नेपालमा भर्खरै सुरु भएको ‘फेमिली पेयरिङ’ फिचरकी ब्रान्ड एम्बेसडर हुन्, अभिनेतृ सञ्चिता लुईंटेल र उनको परिवार । असल अभिभावकत्व प्रदान गर्दै दुई सन्तान हुर्काइरहेकी उनले असल पेरेन्टिङ कसरी गर्ने भन्ने विषयमा केही कुरा बताइन् :
फेमिली पेयरिङ फिचर भनेको के हो ?
फेमिली पेयरिङ फिचरमा टिनएजमा लागेका बालबालिकाहरूको सोसल नेटवर्किङ र आमाबुवासँगको सहज सम्बन्धका कुराहरू छन् । सामाजिक सञ्जाल छुँदै नछोऊ भन्ने होइन लिमिटमा प्रयोग गर्न यसले सुझाएको छ । यो एपले टिनएजर्सलाई सोसल मिडिया टाइमिङ सेटअप गर्न खोजेको छ । आमाबुवा र बालबालिकाबीचको पारदर्शितालाई केन्द्रमा राखेर यो एप डेभलप गरिएको छ ।
फेमिली पेयरिङ फिचरको ब्रान्ड एम्बेसडर बन्ने सोच किन र कसरी आयो ?
जसरी मैले बच्चाहरू हुर्काइरहेकी छु, त्यसैसँग मिल्दोजुल्दो भएकाले र समय सीमा तोक्ने कुरा, आमाबुवाको निगरानीमा बच्चाले फोन हेर्ने, नो कन्ट्रोल: वन्ली अन्डरस्याडिङ पोलिसीलगायतका कुरा मन परेकाले म यसको ब्रान्ड एम्बेसडर बन्न प्रेरित भएँ ।
असल अभिभावक बन्न कत्तिको गाह्रो छ र यसका लागि के आवश्यक छ ?
मैले मेरा बालबालिकाहरूप्रति गर्ने व्यवहारलाई उनीहरूले स्वीकार गरेका छन् । उनीहरूले भनेको कुरा मैले स्वीकार गरेकी छु, उनीहरूको कुरा मैले बुझेकी छु । अहिले कतिपय बालबालिकाहरू नेपाली बोल्न गाह्रो मान्छन्, तर मेरा बालबालिकाहरूले टिपिकल नेपाली बोलेको सुन्दा अरु पनि अचम्म मान्छन्, यो त्यसै भएको होइन, यसमा अभिभावकको मेहनत र लगानी छ । बालबालिकाहरूसँग फ्रेन्डसीपको बोन्डिङ बनाउन पर्दोरहेछ । सही र गलत मायालु व्यवहारद्वारा बुझाइदिनुपर्नेरहेछ । समय दिएर उनीहरूको कुरा सुनिदिने गर्नु नै उत्तम पेरेन्टिङ हो भन्ने लाग्छ ।
असल अभिभावकले प्रदान गर्नुपर्ने केही टिप्स बताइदिनुस् न !
बालबालिकाहरूसँगको निकट सम्बन्ध र उनीहरूको रुचिमा ध्यान दिने, उनीहरूको इच्छा पूरा गरी मूल कुरालाई समय दिएर सुनिदिन सकेको खण्डमा बालबालिकाले सही पेरेन्टिङ पाउँछन् ।

 Image