Successfully Copied

कसरी गर्ने पर्दाको छनौट ?

कोठा ठूलो देखाउनकालागि पर्दाका बुट्टाहरु पनि सकेसम्म ठाडो अथवा भर्टिकल भएको छनौट गर्नु पर्दछ । यस्ता पर्दाको छनौटले कोठाको उचाई पनि ठूलो देखाउन मद्दत मिल्दछ ।

भवन निर्माण गर्ने क्रममा एकपछि अर्को कुरा विचार गर्दै जानु पर्छ । भवनको बाह्य डिजाइनसँगै घर भित्रको साज सज्जालाई पनि उतिकै ध्यानदिन आवश्यक हुन्छ । कोठाको विभाजनसँगै कोठाको निर्माण पनि उतिकै महत्वपूर्ण हुन्छ । 

कोठाको सबैभन्दा महत्वपूर्ण भाग मध्ये  झ्याल पनि एक हो । झ्याल कुन दिशामा राख्ने हो, कुन दिशामा राख्नाले कोठामा पर्याप्त घाम र हावाको राम्रो प्रवेश हुन्छ ? भन्ने त भवन निर्माण गर्नु अघि नै परामर्श लिइन्छ र सोही अनुसार निर्माण गरिन्छ । तर भवन निर्माणपछि कोठाको सजावट गर्ने क्रममा झ्यालका पर्दाहरुको छनौटमा पनि अध्ययन तथा परामर्श लिनु त्यतिनै आवश्यक हुन्छ ।

जग्गाको क्षेत्रफल अनुसार भवन र भवन भित्रका कोठाका आकार फरक–फरक हुन्छन् । हामीलाई घरभित्र रहेको सानो कोठालाई ठूलो देखाउने चाहना पनि हुन सक्छ । 

कोठा सानो भए पनि कोठामा गरिने रंगरोगन र राखिने फर्निचर तथा पर्दाले पनि कोठालाई ठूलो देखाउन सकिन्छ । जस्तैः कोठा सानो छ भने महंगो र भद्दा डिजाइन, होरिजेन्टल प्याट्नस् र ठूला फूलको प्रिन्ट भएको पर्दा राख्दा कोठालांई डोमिनेट गर्छ र साँघुरो देखाउँछ । तर हल्का लाइनिनका पर्दाले भने कोठालाई उज्यालो र फराकिलोका साथै हलुका पनि बनाउँछ । 

स्थिरताका लागि कोठाको रंगसँगै मिल्दोजुल्दो अर्थात कोठाको रंग भन्दा अलि हल्का रंगको पर्दाको छनौटले कोठा फराकिलो देखिन्छ । भद्दा र डार्क कलर भन्दा हल्का रंगको पर्दाले कोठालाई फराकिलोका साथै उज्यालो पनि पार्दछ । साथै कोठा ठूलो देखाउनकालागि पर्दाका बुट्टाहरु पनि सकेसम्म ठाडो अथवा भर्टिकल भएको छनौट गर्नु पर्दछ । यस्ता पर्दाको छनौटले कोठाको उचाई पनि ठूलो देखाउन मद्दत मिल्दछ । यसका अलावा झ्यालको फ्रेम भन्दा ४ देखि ६ ईन्च पर्दा चयम राख्नाले पनि कोठालाई हल्का अग्लो देखाउन मद्दत मिल्दछ ।

यस्तै कोठामा लगाइएको रंग अनुसार पर्दाको छनौट गर्नुनै उत्तम हुन्छ । जस्तै कोठा सेतो, क्रिम, ग्रे, हल्का नीलो रंग छ भने गाढा रंगको पर्दाको छनौटले कोठालाई आकर्षक देखाउँछ ।

पूरै गाढा रंगको नभई हल्का रंगको पर्दामा गाढा रंगको सेड  भएको पर्दाको प्रयोग गर्नु उचित हुन्छ । हुन त  जग्गाको अनुकुलता, घरको मोहडा र कोठाको प्रकृति अनुरुपनै झ्यालको डिजाइन गरिन्छ । तर आजकल भने घाम र हावाको लागि मात्र नभई घरको elevation treatment  को लागि पनि ठुल्ठुला झ्यालहरु राख्ने चलन बढ्दै गएको छ । यस्तो झ्याल भएको खण्डमा सकेसम्म पर्दा भुंई भन्दा एक ईन्च माथिसम्म राख्नु पर्दछ । कुनै पनि बीचमा ब्रेक नराखी सिधा भुईंभन्दा एक ईन्च माथिसम्मको पर्दा राखिनाले साँच्चैनै कोठालाई सफा र बोल्ड देखाउँछ । तर यस्ता लामा पर्दाले कोठाको भुईं भने छोएको हुनुहुँदैन ।

पर्दाको लागि मुख्यतः (लेस, सिल्क, मलमल, नाइलन, नेट, गज, सिन्टेस्थिक, कटन) जस्ता कपडाको प्रयोग बढी हुन्छ । कोठाको आन्तरिक सजावट गदास्केल, ब्यालेन्स र कलर प्यालेटलाई मुख्य ध्यानदिनु पर्दछ । धेरै म्याचिंग गरेर कोठालाई मोनोटोनस बनाउनु भन्दा कोठालाई सकेसम्म टेक्सरहरु फरक गरेर आकर्षक अथवा टेक्निकल भाषामा भन्नु पर्दा मनमोहक बनाउनु पर्दछ । बारम्बार फेर्न नसकिने हुँदा पर्दाको छनौट गर्दा सकेसम्म कोठाको रंग, फर्निचरको रंगका साथै फ्लोरिङलाई पनि विचार गरी सबैसँग मिल्दोजुल्दो पर्दाको छनौट गर्नु पर्दछ ।

 

 Image