Successfully Copied

के हो मन्टेश्वरी शिक्षा ?

मन्टेश्वरी शिक्षा घोकन्ते र परम्परागत सैद्धान्तिक शिक्षाभन्दा ठीक विपरीत छ । यसमा पुस्तक पढ्न, होमवर्क गर्न, पाठ कण्ठ गर्न लगाइँदैन । शिक्षकले लौरो देखाएर विद्यार्थीलाई तर्साउँदैनन् । बच्चाहरूलाई सैद्धान्तिक भन्दा व्यावहारिक शिक्षामा जोड दिइन्छ ।

खासमा मन्टेश्वरी शिक्षा बालबालिकाको मनोविज्ञानअनुसार उपयुक्त ढंगले कुनै पनि कुरा सिकाउने पद्धति हो । यसमा सर्वप्रथम बालबालिकाको मनोविज्ञान बुझ्ने प्रयास गरिन्छ । उनीहरूको रुचि, क्षमता, स्वभाव, प्रवृत्ति सबै कुरा बुझेपछि कुन हिसाबले सिकाउने ? के सिकाउने ? भन्ने कुरा टुंगो गरिन्छ ।

यो दबाबरहित सिकाइ पद्धति हो । यसमा विद्यार्थीले थाहै नपाई शिक्षा ग्रहण गर्छन् ।मन्टेश्वरी शिक्षामा विद्यार्थीलाई पुस्तक पढाउने होइन । सबै ज्ञानेन्द्रिय प्रयोग गरेर सिकाइन्छ । कुनै पनि कुरा हेरेर, सुँघेर, सुनेर, छामेर सिकाइन्छ ।

यसका लागि विभिन्न खेल र खेलौनालाई स्रोतका रूपमा उपयोग गरिन्छ । खेलको माध्यमबाट उनीहरूले नयाँ कुरा सिक्छन् । उनीहरूलाई स्वतन्त्र ढंगले सिक्न र खेल्न दिइन्छ । 

 Image