म्युजिक भिडियोमा उपासना
चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् ।
रेडियो कान्तिपुरले गायिका मीरा राणालाई सम्मान गर्ने भएको छ । रेडियोले आफ्नो मासिक सांगीतिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ मा यसपटक गायिका राणालाई सम्मान गर्न लागेको हो ।
पुल्चोकस्थित रेडियो कान्तिपुरको स्टुडियोमा आज शनिबार हुने कार्यक्रममा नीशा देसार, बानिका प्रधान, मेनुका प्रधान, सबिन सुवेदी तथा चिरीमाया महर्जनले गायिका राणाका लोकप्रिय गीत प्रत्यक्ष गाउने छन् ।
‘मखमली चोलो चाहिँदैन’, ‘बाडुली लाग्यो’, ‘बिर्सिएर मैले फेरि’ आदि गायिका राणाका लोकप्रिय गीत हुन् । यो कार्यक्रम मध्यान्न १२ बजेसम्म रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण हुनेछ ।