Successfully Copied

प्रतिस्पर्धामा रमाउने गायिका

प्रतिस्पर्धा रुचाउने विद्या तिवारी हेटौंडामा बस्दादेखि नै खोजी प्रतिभा, नेपाली तारा आदि प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुन्थिन् । प्लस टुपछि काठमाडौं आएकी उनले सानैदेखिको गायनप्रतिको रहर पूरा गर्न शास्त्रीय संगीतका कक्षा लिन थालिन् ।

प्रतिस्पर्धा रुचाउने विद्या तिवारी हेटौंडामा बस्दादेखि नै खोजी प्रतिभा, नेपाली तारा आदि प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुन्थिन् । प्लस टुपछि काठमाडौं आएकी उनले सानैदेखिको गायनप्रतिको रहर पूरा गर्न शास्त्रीय संगीतका कक्षा लिन थालिन् । त्यहीं क्रममा प्रियंका कार्कीलाई मोडल बनाएर ‘हेल्लो हाइ’ गीत पनि गाइन् । पछि गुरुकै सल्लाहमा नेपाल आइडियलको पहिलो सिजनमा भाग लिन गएकी विद्या उत्कृष्ट १८ मा पुगेर बाहिरिइन् । त्यसपछि उनले आफ्नो गीत ‘पिच रोड’ बजारमा ल्याइन् । 

उनको उक्त गीतलाई युट्युबमा ३० मिलियनले हेरिसकेका छन् । त्यही क्रेजले नै उनलाई फिल्म ‘डमरुको डन्डिबियो’मा गीत गाउने मौका मिल्यो । त्यसमा गाएको ‘गन्तव्य’ गीतबाट पनि उनी सन्तुष्ट भइनन् । ‘भ्वाइस अफ नेपाल’को दोस्रो सिजनमा भाग लिन पुगिन् । ब्लाइन्ड अडिसनमा चार जना निर्णायकलाई फर्काउन सक्नुलाई जित ठानेकी विद्या सेमी फाइनलबाट बाहिरिइन् । ‘पहिलो हुनु नै जित होइन’ उनले भनिन्, ‘प्रतिस्पर्धाले संगीत क्षेत्रमा अघि बढ्ने बाटो देखायो ।’

केही समयपछि उनले ‘घाममा सुकाइदेऊ’ र ‘झुम्का’ गीत बजारमा ल्याइन् । फ्युजन गीत मन पराउने विद्यालाई कमर्सियल गीतप्रति पनि उत्तिकै रुचि छ । उनी अहिले क्लासिकल र वेस्टर्न टचलाई मिक्स गरी गीत गाउँदैछिन् । बाल्यकालमा नारायण गोपाल, भक्तराजका गीतहरू सुनेर हुर्केकी उनी टिनएजमा मेटालिका, निर्वाणका गीतमा झुम्दै गइन् र गितार सिक्न थालिन् । अहिले उनी पूर्वेली लोक फ्लेबरमा फ्युजन गीत बजारमा ल्याउँदैछिन् । अहिले सामाजिक सञ्जालले गुणस्तरीय भन्दा पनि युट्युबको भियोर्सका आधारमा हिट हुने परिपाटीबाट उनी दिक्क छिन् । भन्छिन्, ‘राम्रो गीत तथा म्युजिक भिडियोका भियोर्स कम हुनु सांगीतिक क्षेत्रकै लागि विडम्बना हो ।’

 Image