नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
भृकुटीमण्डपमा शुक्रबारदेखि तीनदिने ब्युटी एक्स्पो आयोजना गरिएको छ जसमा ब्युटी, हेयर, हेल्थ, फिटनेस र लाइफ स्टाइलसम्बन्धी स्टलहरू राखिएका छन् । विभिन्न ब्रान्डमा कस्मेटिक प्रोडक्टका कम्पनीहरूले नि:शुल्क मेकअप तथा हेयर स्टाइल, हेयर केयरको डेमो प्रदर्शनी गरिएको थियो ।

बजारमा आएका नयाँ कस्मेटिक प्रोडक्टहरू पनि एक्स्पोमा समावेश गरिएको थियो, जहाँ नि:शुल्क नेल आर्ट, हेयर केयर तथा स्किन केयर समावेश थियो । प्रदर्शनीका तीनै दिन इन्डियाबाट आएका ब्युटी तथा हेयर एक्सपर्टहरूद्वारा ब्युटिसियनहरूमाझ सेमिनार आयोजना गरियो ।

उक्त प्रदर्शनीमा वयोधा अस्पतालका डा. निस्ला शाक्यले नि:शुल्क छाला जाँच गरेकी थिइन् । प्रदर्शनी अवधिभर नै हरेक स्टलमा ६० प्रतिशतसम्मको छुटको व्यवस्थासमेत गरिएको थियो । प्रदर्शनीमा सौन्दर्यका लागि आवश्यक सम्पूर्ण सामग्री पनि समावेश गरिएको थियो ।