‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।

लेखक दुर्गा कार्कीको पहिलो किताब ‘कुमारी प्रश्नहरू’ शुक्रबार सार्वजनिक भयो । नेपालय प्रकाशनद्वारा प्रकाशित आरशालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल तथा लेखकले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन् ।
कार्यक्रममा पत्रकार अमित ढकालले कथाकार दुर्गाको लेखनीमा विशेष शैली भएको कुरा बताए ।
पुस्तक लेख्दा धेरै मान्छेका भावना महसुस गर्ने मौका पाएको कथाकार दुर्गाले बताइन् । यसैगरी पात्रका भावना मार्फत् समाजका विविध पक्षलाई केलाउने मौका पाएको पनि उनले बताइन् ।
दुर्गाका अनुसार उनलाई आख्यान तथा गैर आख्यान दुवै विधामा रुचि छ । कार्यक्रमको अन्त्यमा नेपालयकी सम्पादक भूषिता वशिष्ठले प्रकाशित पुस्तकका बारेमा लेखकसँग अन्तरसंवाद गरेकी थिइन् ।