Successfully Copied

नेपाल नेशनल अस्पतालमा बाथ रोग सेन्टर 

कलंकीस्थित नेपाल नेशनल अस्पतालले ‘बाथरोग सेन्टर’ संचालनमा ल्याएको छ । नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा नेशनल अस्पतालले ‘बाथरोग सेन्टर’को गत महिना उद्घाटन गरेको थियो ।

कलंकीस्थित नेपाल नेशनल अस्पतालले ‘बाथरोग सेन्टर’ संचालनमा ल्याएको छ । नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा नेशनल अस्पतालले ‘बाथरोग सेन्टर’को गत महिना उद्घाटन गरेको थियो ।

नवनिर्मित सेन्टरको शुभारम्भ काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) का सांसद केशव पोखरेलले गरेका थिए भने कार्यक्रममा सांसद पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरेका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको बताउँदै उक्त रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको बताए ।

पाँच वर्ष अघि संचालनमा आएको नेशनल अस्पतालले केही महिना अघिमात्रै टेलिमेडिसिन सेवा शुभारम्भ गरेर दुर्गम क्षेत्रका बिरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 Image