लिटल आइकन आश्री दाहाल 

नारी संवाददाता

माघ २६, २०७६

लिटल आइकन २०२० को विजेता इमाडोलस्थित पिस प्वाइन्ट स्कुलकी आश्री दाहालले हात पारेकी छन् । यसै साता जमलस्थित नाचघरमा सम्पन्न लिटल आइकन २०२० को फाइनल राउण्डमा २९ स्कुलका प्रतिस्पर्धीलाई पछि पार्दै उनी लिटल आइकन सिजन–९ को विजेता बनेकी हुन् । दाहाल पिस प्वाइन्ट स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।

त्यसरी नै पिस प्वाइन्ट स्कुलकै कक्षा ३ की छात्रा ऋतु राईले ‘मोस्ट एक्टिभ’ अवार्ड हात पारिन् । आइकन प्रतियोगितामा आयोजक ‘एएनपी मिडिया हाउस’ ले प्रतियोगीहरूलाई विभिन्न प्रश्न र उनीहरूको प्रतिभाको मूल्यांकन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>