Successfully Copied

कपाल झर्ने समस्या कम गर्न

सही स्याम्पु र कन्डिसनर छनोट गर्ने, मनतातो शुद्ध तेलले जरासम्म हल्का मसाज गर्ने, साप्ताहिक रूपमा हेयर मास्क लगाउने, धेरै हिट ब्लो डाई आइरन नगर्ने तथा चिसो कपाल नकोर्ने र चिसो कपाल लिएर हावामा नहिँड्ने । 

नील डेबिड कटवाल, हेयर एक्सपर्ट

पछिल्लो प्रचलित हेयर स्टायल कुन हो ?

अहिले यो नै ट्रेन्ड भन्ने छैन । अहिलेको समयमा अनुहार र पर्सनालिटीअनुसार स्टायल गर्न जरुरी छ । बोन्स लेयर, क्रस लेयर, पिक्सी लेयर, ब्लन्ड कटलगायत अहिलेका चलेका हेयर कट हुन् भने जाडोमा मौसम चिसो हुने र कपालको मोस्चर कम हुने हुँदा हेयर कलरिङ गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । 

जाडोमा हेयर केयर कसरी गर्ने ?

बाहिर जाँदा क्याप अथवा स्कार्फले कपाल छोप्ने, धेरै इलेक्ट्रिक ड्रायर, कर्ल आइरन र हार्ड कलर प्रयोग नगर्ने, तातो पानीले कपाल ननुहाउने साथै यो समयमा ड्यामेज रेस्क्यु स्याम्पु प्रयोग गर्न सकिन्छ । साप्ताहिक रूपमा ओयल मसाज, मेथीको प्याक या कपालको जरामा आलुको रस लगाएर मसाज गर्दा कपाल मजबुत र मुलायम हुन्छ । जाडोमा कपाल झर्न र टुक्रिनबाट जोगाउन हेयर ट्रिम गर्नु जरुरी छ, यसले तपाईंको कपाललाई जरैदेखि झर्न र बीचबाट टुक्रिन दिँदैन । 

राति कपालमा तेल लगाएर सुत्दा चिसो लाग्ने र स्वाथ्यका लागि हानिकारक तत्त्व उत्पादन हुन्छ भन्ने कुरा कत्तिको सत्य हो ?

यो व्यक्तिको छाला र उसको शारीरिक स्वास्थ्यमा निर्भर गर्छ । कसैलाई यत्तिकै ओयल मसाज गर्दा पनि चिसो लागिहाल्ने हुन्छ, तर अधिकांशलाई कपालमा शुद्ध तेलले मसाज गर्दा कपाललाई फाइदा गरेको पाइन्छ । ओयल मसाज गरेर एक या दुई घण्टा राख्दा कन्डिसनिङको काम गर्छ भने रातभरि राख्दा जरामा तेल पुगेर जरा बलियो बनाउने, कपाल बढाउने र कपालमा साइनिङ ल्याउने काम गर्छ । तर, राति ओयल मसाज गरिसकेपछि सबै कपाललाई कपडा या क्यापले कभर गर्नुपर्छ । 

यो मौसममा कलर गरिएको कपालको स्याहार गर्न के गर्नुपर्ला ?    

जाडोमा कपाल झर्ने, टुक्रिने, चायाँ पर्ने समस्या हुन्छ नै । त्यसबाहेक कलर गरिएको कपाल अझै बढी संवेदनशील हुन्छ । यस्तो कपाललाई हप्तामा दुई पटक राम्रो ब्रान्डको स्याम्पु र कन्डिसनर लगाउनुपर्छ । समय–समयमा ओलिभ ओयललाई मनतातो पारेर कपालको जरामा हल्का मसाज गर्ने यसले ब्लड सर्कुलेसन बढाउनुका साथै कलरिङ हेयरलाई चम्काउन मद्दत गर्छ र चायाँ पर्न दिँदैन । हप्तामा एक दिन हेयर स्पा मेथड अपनाउँदा यस्तो कपाल जरैदेखि बलियो हुँदै जान्छ ।

यो समयमा केराटिन हेयरको सुरक्षा कसरी गर्ने ?

केराटिनले ड्राइ, ड्यामेज, फ्रिजी र अनवान्टेड हेयर प्रोटेक्सनको काम गरी रिविल्डको काम गर्छ । यस्तो कपालमा धेरै हेल्मेट प्रयोग नगर्ने या टाइट नबाँध्ने र केराटिनयुक्त स्याम्पु कन्डिसनर प्रयोग गर्नुपर्छ । केराटिन गर्भवती, क्यान्सर र दमका बिरामी तथा कम उमेरका युवतीले गर्नु हुँदैन ।

चिसोमा कपाल झर्ने समस्या कम गर्न के उपाय अपनाउन सकिएला ?

सही स्याम्पु र कन्डिसनर छनोट गर्ने, मनतातो शुद्ध तेलले जरासम्म हल्का मसाज गर्ने, साप्ताहिक रूपमा हेयर मास्क लगाउने, धेरै हिट ब्लो डाई आइरन नगर्ने तथा चिसो कपाल नकोर्ने र चिसो कपाल लिएर हावामा नहिँड्ने । 

जाडोमा कपाल टुक्रिने, हाँगा फाट्ने समस्या धेरै देखिन्छ, यसको समाधान के ?

सही तरिकाले शुद्ध तेलद्वारा मसाज गर्दा र धेरै केमिकलयुक्त प्रसाधन प्रयोगबाट टाढा रहँदा केही हदसम्म यो समस्याबाट छुट्कारा मिल्छ ।

 Image