Successfully Copied

मोटोपनको शल्यक्रिया

जनरल, जी.आई.एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकहरूको टोलीले नर्भिकमा गत महिना अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप तथा अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित एक ६५ वर्षीया महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।

नर्भिक इन्टरनेसनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरूको टोलीद्वारा अस्वाभाविक वा बढी मोटोपन कम गर्ने जटिल शल्यक्रिया सम्पन्न भएको छ । जनरल, जी.आई.एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकहरूको टोलीले नर्भिकमा गत महिना अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप तथा अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित एक ६५ वर्षीया महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।

ललितपुर जिल्ला इमाडोल निवासी ती महिला लामो समयदेखि मोटोपनको समस्याबाट पीडित थिइन् । हिँडडुल गर्न गार्‍हो, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने, अलिकति हिँड्दा पनि स्वाँ–स्वाँ हुने समस्या त छँदै थियो, त्यसमाथि राति निद्रा नपर्ने समस्याले बढी नै सताएको थियो । राति पिसाब फेर्न गैरहनुपर्ने अर्को समस्या पनि थियो । 

बेरियाट्रिक शल्यक्रियालाई (जसलाई तौल कम गर्ने शल्यक्रिया वा मेटाबोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ मार्फत विशेषत: बढी मोटोपन भएका (जसको बी.एम.आई. ४०/केजी वा ३५ केजीभन्दा बढी भै मोटोपनका कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्नियालगायत डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग तथा नि:सन्तान वा बाँझोपनजस्ता समस्याको उपचार गरिन्छ । 

 Image