प्रेरणादायी पुष्पा 

नारी संवाददाता

माघ ३, २०७६

गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् ।

उनी दशककै प्रेरणादायी व्यक्तित्व घोषित भएकी छिन् । गोलकास्टले पुष्पालाई पहिलो नम्बरमा पार्दै उनलाई आश्चर्यजनक मानवको संज्ञा दिएको थियो ।

पुष्पाले जेलमा परेका आमाबुवाका सन्तानको पालनपोषणका साथै शिक्षादीक्षा दिँदै आएकी छिन् । उनले २०७२ सालको भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माण गरेकी थिइन् ।

पुष्पाले सीएनएन हिरो र सीएनएन सुपर हिरोको एवार्ड पनि जितिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×