सम्मानित आरती

नारी संवाददाता

पुस २९, २०७६

सञ्चारकर्मी आरती लम्साल डा. भीमराव अम्बेडकर एवार्ड २०१९ बाट सम्मानित भएकी छिन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री एवार्डबाट लम्साललाई सम्मान गरेको हो । 

जातीय विभेदको अन्त्य र महिला सशक्तीकरणमा योगदान पुर्‍याएवापत लम्साललाई सम्मान गरिएको हो । जातीय विभेदलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय पत्रकारितासँगै विभेदविरूद्धको अभियानसमेत चलाइरहेकी छिन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>