प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।

‘किड्डी फेस अफ दि इयर २०२०’का ३२ प्रतियोगी बालबालीकाले आफू भित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वर स्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले नृत्य, गायन, अभिनय, बत्तित्वकला, चित्रकला, योगा लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका हुन् ।
प्रतियोगिताको यो ५ औँ संस्करण हो । यो संस्करणमा ७ बालक र २५ बालिका फाइनल स्पर्धामा भिड्दैछन् । उपत्यकाका विभिन्न १६ स्कुलका करिब १०० बढी प्रतियोगी सहभागी प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन् । प्रतियोगितामा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्टयाएको आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले जानकारी दिए ।
ट्यालेन्ट उपाधिका लागि आयोजित ‘ट्यालेन्ट शो’मा निलिमा मास्के श्रेष्ठ (गीतकार) गुण केसरी ताम्राकार अन्तराष्ट्रिय मेकअप आर्टिस, श्याम खड्का (रंगमञ्च कलाकार), मन्दिरा बज्राचार्य (नृत्य निर्देशक)लगायत निर्णायक रहेका थिए ।
प्रतियोगिताको अनितम स्पर्धा आगामी माघ ४ गते राष्ट्रिय नाँचघर जमलमा आयोजना हुादैछ । स्पर्धामा बालबालिका बिभिन्न आकर्षक पहिरन सहित ऱ्याम्प प्रस्तसत हुनेछन् । जसको पहिरन डिजाइन श्रीषा बैदार फैजुले तयार पार्नेछिन् ।
ब्यक्तित्व बिकाश, डान्स, सन्चारकला, बिभिन्न टपिसमा गू्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी बिषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित प्रतियोगिता अन्तिम स्पर्धामा उत्रिनेछन् ।
प्रतियोगितामा शिर्ष उपाधिका अलवा बिभिन्न दर्जन उपशिर्षकमा समेत बिजेता छानिनेछ । बिजेताले उपाधिका साधमा बिभिन्न अवसर र गिफ्ट उपहारको रुपमा प्राप्त गर्नेछन् ।
बालबालिकाको ब्यक्तित्व बिकाश, क्षेमता अभिबृद्धी गर्दै उज्वल भबिश्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो ।