ढाका बिषेसज्ञ लिम्बुलाई अभियान श्री सम्मान
ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनलाई सम्मान प्रदान गरिएको थियो ।
रुपन्देहीको सैनामैनामा आयोजित ‘मम्मी डान्स प्रतियोगिता’को ताज बुटबलकी कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।
चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै कल्पना प्रथम भएकी हुन् ।
विजेतालाई ताज, नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय भएका छन् । उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा कल्पना द्वितीय भएकी थिइन् । उनी बुटवलको बुद्ध टेलिभिजन र रेडियो जागरणमा कार्यरत छिन् ।