Successfully Copied

ज्वेलरी बिक्रीमा मौसमको भूमिका

अहिले मानिसहरू लुगामा जस्तै गहनामा पनि चुँजी हुँदैछन् । लुगाहरू टन्न लगाउने हुँदा ज्वेलरीको माग केही घट्ने भए पनि यो समयमा विवाहको मौसम पर्ने भएकाले त्यति कम भने हुँदैन । साथमा अहिले युवापुस्ता ऊलन ड्रेस, वान पिस आदिको माथिबाट एसेसरिज लगाउने हुँदा अझ राम्रो हुँदैछ ।

मिस टिन २००७ की विजेता आयुषा कार्की मौलिक गहनालाई आधुनिकीकरण गर्ने उद्यममा लागेकी छिन् । लन्डनमा पब्लिक रिलेसन म्यानेजमेन्ट अध्ययन गरेकी आयुषा नेपाल आएपछि परम्परागत रूपमा चल्दै आएका गहनालाई आधुनिकीकरण गरेर नयाँ गहना तयार गर्छिन् । कार्की नेकलेस, ब्रासलेट, इयररिङ, औंठी आदि गरगहना हातले नै बनाउँछिन् । उनी गहना डिजाइन र निर्माणको काम आफैं गर्छिन् । 

ज्वेलरी बिकाउन मौसमको कत्तिको भूमिका हुन्छ ?

अहिले मानिसहरू लुगामा जस्तै गहनामा पनि चुँजी हुँदैछन् । लुगाहरू टन्न लगाउने हुँदा ज्वेलरीको माग केही घट्ने भए पनि यो समयमा विवाहको मौसम पर्ने भएकाले त्यति कम भने हुँदैन । साथमा अहिले युवापुस्ता ऊलन ड्रेस, वान पिस आदिको माथिबाट एसेसरिज लगाउने हुँदा अझ राम्रो हुँदैछ । अब त मौसमले केही फरक नपर्ने अवस्था छ ।

जाडोमा सुन्दरताको सन्तुलन कसरी गर्नुहुन्छ ?

बिहान उठ्न अल्छी लाग्ने समय, छाला सुख्खा हुने समय, लुगा लगाउन कन्जुस्याईं गर्दा बिरामी हुने समय । सकभर तातो खानाहरू खाइरहने, घाममा बस्ने, छालाका लागि मोइस्चराइजर, सनस्किनको मज्जाले प्रयोग गर्ने र शरीरलाई तातो बनाउने न्याना लुगाहरू लगाउने । 

यो समय कसरी स्मार्ट देखिनुहुन्छ ?

अहिले न्याना हुने पातला फेब्रिकहरू बजारमा छन् । म ऊलन, पस्मिना, काश्मिरी फेब्रिकको वान पिस, स्कर्ट बढी लगाउँछु । स्टकिङ, लङ कोटहरू, बुट लगाउँदा जो पनि स्मार्ट देखिन्छ । 

जाडोमा तपाईंको गेटअप कस्तो हुन्छ ?

मलाई सधैं स्मार्ट एन्ड ब्युटिफुल देखिन मनपर्छ । वेस्टर्न फेसनको फलोअर पनि हुँ । वेस्टर्न फेसनमा के–के आएका छन्, त्यसमा आफूलाई के–के सुहाउँछ । त्यसकै फलो गर्छु । मलाई फ्युजन कस्टुम पनि मनपर्छ । आफू पनि स्केच गरेर ड्रेसहरू बनाइरहेकी हुन्छु । मलाई जाडोमा वेस्टर्न लुक्स नै मनपर्छ । म मफलर, टोपी, सल पनि लगाउँछु ।

कलरको च्वाइस कस्तो हुन्छ ?

वार्म कलरहरू नै लगाउँछु । ब्ल्याक, मरुन, ब्राउन, ग्रे आदि ।

 Image