मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
हस्पिट्यालिटी नेपाल कन्टेस्टको चौथो संस्करण हुने भएको छ । आयोजक संस्था एपी इन्टरटेनमेन्टले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा एपी इन्टरटेनमेन्टले शनिबारबाटै चौथो संस्करणको आवेदन खुलेको घोषणा गरेको छ । देशभरबाट हस्पिटालिटी क्षेत्रसाग आवद्ध युवायुवतीले आवेदन भर्न सक्ने आयोजकले जानकारी दिएको छ
‘हामीले तीन वटा संस्करणलाई उत्कृष्ट ढंगबाट सम्पन्न गरिसकेका छौँ । यो संस्करण अझै बढी परिस्कृत हुने हामी दाबी गर्दछौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने– ‘प्रतियोगीहरुका लागि यो पटक अझै बढी अवसरहरु हामीले सृजना गरेका छौँ ।’
यस वर्षको प्रतियोगिता भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने गरी गर्न लागिएको कन्टेस्टका कार्यक्रम संयोजक संगम रेग्मीले बताए । पोखराबाहेक काठमाण्डौ, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ ।
विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० प्रतियोगीहरु छनौट गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्यो सँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजककोतर्फबाट पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बार टेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङसेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगायतका तालिमहरु दिइने आयोजकले बताएको छ ।