मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।

मिस पुर्वाञ्चल २०१९ को उपाधि मोरङ पथरीकी रिजु भट्टराईले जित्न सफल भएकी छिन । शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न फाइनलमा अन्य २० प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् ।
प्रतियोगिताको मुख्य निर्णायक एवं वरिष्ठ गायक दीप श्रेष्ठले भिजिट नेपालबारे सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् । यसअघि उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता पनि हुन् । उनलाई मिस पुर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठले ताज पहिराइदिएकी छिन ।
भटराईले उपाधिसँगै २ लाख रूपैयाँ जितेकी छिन् । यस्तै, अध्ययनको लागि युएन कलेजमा छात्रवृत्ति समेत पाएकी छिन् । उपाधिसँगै उनले मिस पर्सनालिटीको सव टाइटलका साथै हङकङ भ्रमणको अवसर समेत पाएकी छिन ।
संगीत, चित्रकला र गायनमा रुचि रुचि राख्ने उनले यो उपाधिले आफुलाई थप प्रेरणा मिलेको प्रतिक्रिया दिईन । यसैगरि, प्रतियोगितामा एन्जल राईले फस्ट रनरअपको उपाधि जितिन् भने सिमरन लिम्बू सेकेण्ड रनरअप भईन । सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा टप १२, टप ५ हुँदै विजेता घोषणा गरिएको प्रतियोगिताका संयोजक सौरभ श्रेष्ठले जानकारी दिए ।