मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।

सोना अमात्य
सोना अमात्य व्यवसायीका रूपमा परिचित छिन् । मार्केटिङ एजेन्सी सञ्चालन गरिरहेकी उनी गायन क्षेत्रमा पनि सक्रिय छिन् । हालै उनको र्याप गीत ‘आइएम सुपर स्टार’ सार्वजनिक भएको छ । यसैको सेरोफेरोमा रहेर उनीसँग गरिएको कुराकानीः
र्याप गीत ‘आइएम सुपर स्टार’मा कसरी जोडिनुभयो ?
रियालिटी सो ‘नेपप को श्रीपेच’ मा मैले व्यवसायीका रूपमा अपरेसन डाइरेक्टरको भूमिका निभाएकी थिएँ । त्यसमा बालेन शाह, गिरीश खतिवडा निर्णायक थिए । त्यतिबेलादेखि म र्याप गीतमा रमाउन थालें ।मलाई र्याप गाउन गिरीश खतिवडा दाइले सहयोग गर्नुभयो । मैलेगीत पहिलेदेखि नै गाउँथें । एउटा गायक भर्सटाइल हुनुपर्छ भन्ने लागेर र्याप गाउनुका साथै भिडियोमा मोडलिङ पनि गरें । हरेक मानिस सुपरस्टार हुन्छन्। यसलाई नै थिम बनाएर काम गरेको हो ।
कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
राम्रा नराम्रा दुवै प्रतिक्रिया पाएकी छु ।अभिनय मन पराएर कमेन्ट आएका छन् ।तर गाली पनि उत्तिकै खाएकी छु । अरुको दुःख एवं संघर्ष नबुझी कमेन्ट गर्नेकोसंख्या बढेको छ । यसप्रति दया लाग्छ ।
‘सुपरस्टार’ अभियान चलाउनुभएको छ । यो कस्तो अभियान हो ?
नाम–दाम कमाएकाहरू मात्र सुपरस्टार हुँदैनन् । हरेक मानिस कसैको सुपरस्टार हुन्छन् । गायन क्षेत्रमा मेरा लागि मदन दाइ सुपरस्टार हो । यही कुरा देखाउन सामाजिक सञ्जालमा आफ्नो सुपरस्टारको फोटो राखेर ह्यासटग गर्ने र अभियान चलाउने उद्देश्य हो ।
कसरी गीत गाउन सुरु गर्नुभयो ?
गीत गाउने रहर र प्यासन सानैदेखिको हो । तर गायक बन्छु भन्ने सोच थिएन । तर गायन प्रतिस्पर्धामा पनि भाग लिइरहन्थें । मदनकृष्ण श्रेष्ठसँग गायनमा मोडिएपछि उहाँको सहकार्यमा मेरो पहिलो गीत पलपलबाट यात्रा सुरु भयो । त्यसपछि दुईवटा एल्बम निकालें । मेरो माया करोडमा, लगाउने हो फन्को आदि गीतहरू आइसकेका छन् ।
व्यवसाय र गायन क्षेत्रलाई कसरी एकसाथ लिएर जानुभएको छ ?
गायनमा मेरो प्यासनले नै मलाई अगाडि बढाइरहेको छ भने म्युजिक र रियाज मेरो जीवनशैलीसँग जोडिएको छ । व्यवसाय मेरो करिअरका रूपमा अगाडि बढिरहेको छ । समय व्यवस्थापन गरी बिहान रियाज गर्छु र दिउँसो आफ्नो व्यवसायमा लाग्छु । म्युजिक एउटा थेरापी हो । यसले अनुशासन सिकाउँछ र व्यवसायलाई पनि सहयोग गर्छ ।