Successfully Copied

नेलपोलिसका बेफाईदा

 हामीले हाम्रो हात तथा खुट्टाको सौन्दर्यका लागि नङमा नेलपोलिस लगाउने गरेका छौं । तर, हामीले प्रयोग गर्दै आएको सौन्दर्य प्रसाधन नेलपोलिसले विभिन्न खालका समस्याहरु पैदा गर्छ । 

 हामीले हाम्रो हात तथा खुट्टाको सौन्दर्यका लागि नङमा नेलपोलिस लगाउने गरेका छौं । तर, हामीले प्रयोग गर्दै आएको सौन्दर्य प्रसाधन नेलपोलिसले विभिन्न खालका समस्याहरु पैदा गर्छ । 

छालासम्बन्धी एलर्जी: नेल पोलिसमा गम तथा प्हाइटरमा प्रयोग गरिने टोल्युन पाइने गर्छ, जो दिमाग तथा स्किन दुवैका लागि हानिकारक हुन सक्छ । यसले छालामा एलर्जी तथा घाउ हुन सक्छ ।

क्यान्सर : नेल पोलिसमा फोमाल्र्डिहाई नामक केमिकल्स हुन्छ, जसमा कार्सिनोजेनिक तत्व हुन्छ । यसले शरीरमा क्यान्सर गराउने गराउँछ । जसका कारण नेलपोलिसलाई हानिकारक मानिन्छ । 

हर्मोनमा असर गर्छ : नेल पोलिसमा ट्रिफेनाइल फोस्फेट रहन्छ । जसले शरीरमा हुने हर्मोनलाई असन्तुलित बनाउनुका साथै प्रजनन स्वास्थ्यमा समेत असर पुर्‍याउँछ । विशेषगरी जो महिलाले धेरै नेल पेन्ट गर्छन्, उनीहरुको रगतमा ट्रिफेनाइल फोस्फेटल रहने भएकाले यसले शरीरलाई नोक्सान पुर्‍याउने गर्छ ।

मस्तिष्कमा असर: ट्रिफेनाइल फोस्फेट मस्तिष्कमा क्षति पुर्‍याउने तत्वका रुपमा पनि परिचित छ । त्यसैले यसको नकारात्मक असरले मस्तिष्कमा समेत प्रभाव पार्ने गर्छ ।

 

 Image