महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि

मुना चौधरीको उपन्यास दुलारी सार्वजनिक भएको छ । उपन्यासभित्र मधेशी दलित महिलाको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । चौधरीको उक्त उपन्यास यसै साता लेखक नयनराज पाण्डे र अध्येता प्रियंका कापरले सयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
लेखक पाण्डेले चौधरीले मिहिन ढंगले मधेसको चित्रण गरेको बताए । पाण्डेले मधेसको समाज र परिवेशलाई चौधरीले जसरी आफूले उतार्न नसकेको बताए । उनले मधेशी दलित महिलालाई केन्द्रमा राखेर किताब लेखेकोमा चौधरीको प्रशंसासमेत गरे ।
अर्की वक्ता कापरले ‘दुलारी’ उपन्यासले मुसहर समुदायबारे पाठकलाई थप खोज्न बाध्य बनाउने उल्लेख गरिन् । छुवाछुतजस्ता सामाजिक कुरीति र अपराधलाई ठाडै गर्नहुन्न नभनी उपन्यासकी मूलपात्र दुलारीले गरेका प्रश्नले पाठकलाई झक्झकाउने बताइन् । मानव सूचांकमा पुछारतिर रहेको मुसहर समुदायलाई यो उपन्यासले बहसको केन्द्रमा तान्ने उनले बताइन् ।